
सुर्खेत । सुर्खेतमा शुक्रबार विद्युतको करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा विद्युतको करेन्ट श्रीमान र श्रीमतीको मृत्यु भएको हो ।
घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीय श्रीमती धनकुमारी उपाध्याय गम्भीर घाइते भएका र घाइते अवस्थामा दुवैलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल काला गाउँ सुर्खेत लगिएको थियो ।

उपचारका क्रममा बिहान दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवत्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।


नेपाल कर्म । ९ श्रावण २०८२, शुक्रबार १६:१९