
सुर्खेत । शुक्रबार बिहान सुर्खेतबाट जुम्ला जादै गरेको फोर्स गाडी दुर्घटनामा परेका घाइतेहरुको पहिचान खुलेको छ । दैलेख दुल्लु नगरपालिका–१ डुङ्गेश्वर बजार नजिक फोर्स गाडी दुर्घटना भएको थियो ।
सुर्खेतदेखि जुम्लातर्फ जादै गरेको क.प्र.०२००१ ज ००४६ नम्बरको फोर्स गाडी सुर्खेत बिरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीया दयाप्रसाद न्यौपानेले चलाएका थिए ।
गाडीमा बालकसहित २३ सवार रहेका त्यसमध्ये १९ जनाको नाम खुलेको पाँच जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


घाइतेको नामावली
१) जिल्ला कालिकोट तिला गुफा गा.पा.९ बस्ने वर्ष ६५ को मान ब. जि.सी. टाउकोमा चोट (अवस्था सिरियस)
२) ऐ.ऐ.बस्ने वर्ष ३८ को दान ब. खत्री हात र ढाडमा चोट (अवस्था मध्यम)
३) ऐ. ८ बस्ने वर्ष ३१ को जंग ब. रावत बाँया हातमा चोट (अवस्था सामान्य)
४) ऐ.ऐ.बस्ने वर्ष ३६ कि. ज्योती रावल खुट्टामा भित्री चोट (अबस्था मध्यम)
५) ऐ.. बस्ने महिला वर्ष अं.३५ मंगली बुढा कि टाउको र खुट्टामा चोट (अवस्था सिरियस)
६) जिल्ला दैलेख आठबिस न.पा.६ बस्ने बर्ष २६ को पदम बि.क. आँखामा चोट (अबस्था सामान्य)
७) ऐ.ऐ.बस्ने वर्ष २२ कि कौशी वि.क. शरिरको भित्री भागमा चोट अबस्था सामान्य)
८) ऐ.ऐ.बस्ने बर्ष ४ की मेलिना वि.क. बाँया खुट्टा भाँचिएको (अवस्था मध्यम)
१) जिल्ला अछाम बिनायक न.पा. ९ बस्ने वर्ष ५८ को मट्टी कामी टाउकोमा चोट (अबस्था सामान्य )
१०) जि. जुम्ला तिला गा.पा. ३ बस्ने वर्ष २३ को विशाल शाही शरिरकोभित्री भागमा चोट (अबस्था मध्यम )
११) जि. कालिको सुभकालिका गा.पा. ६ बस्ने वर्ष २६ कि माया रिजाल टाउकोमा चोट (अबस्था मध्यम)
१२) जि. कालिकोट खाडा चक्र न.पा. ६ बस्ने कि सिता शाही टाउकोमा चोट (अबस्था मध्यम)
१३) जि.रामेछाप सुनपानि गा.पा.२ बस्ने बर्ष ४० को प्रेम कुमार तामाङ् दाया हात, टाउकोमा चोट ( अबस्था सामान्य )
१४) जि. सुर्खेत भेरी गंगा नगर पालिका १२ बस्ने बर्ष ३२ कि तुलसा थापा दाहिने हातमा चोट (अबस्था सामान्य)
१५) जि. जुम्ला तातापानी गा.पा. ६ बस्ने वर्ष अं. २५ को नरेश पराजुली हात खुट्टामा चोट (सामान्य)
१६) जि. जुम्ला तिला गा.पा. ८ बस्ने वर्ष १८ को रतन रोकाय दाहिने हातमा चोट (सामान्य)
१७) जि. जुम्ला बस्ने बर्ष १६ को बिशाल शाही टुकोमा चोट (अबस्था मध्यम)
१८) जि. कालिकोट तिला गुफा न.पा. ९ बर्ष २४ को हिक्नत जि.सी हातमा चोट (सामान्य)
१९) जि. कालिकोट खाडाचक्र न.पा. १ बस्ने बस्ष १४ कि बिनिता शाही हात र टाउकोमा चोट (अवस्था मध्यम)

नेपाल कर्म । ९ श्रावण २०८२, शुक्रबार १४:०९