सुर्खेत । सुर्खेतबाट जुम्ला जाँदै गरेका फाेर्स गाडी दैलेखमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फाेर्स गाडी दैलेखकाे दुल्लू नगरपालिका-१ तल्लाे डुंगेश्वर डुंगेल मन्दिर नजिक दुर्घटना भएको हाे ।

गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका छन् । यी घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिए ।


उकालोमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर सडकबाट करिव १५ मीटर तल खाेल्सामा खसेकाे स्थानीयले बताएका छन् ।दुर्घटना लगत्तै चालक फरार भएको र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका घाइतेहरुकाे नामावली आउन बाँकी छ ।

नेपाल कर्म । ९ श्रावण २०८२, शुक्रबार ११:२४