सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ बस्ने अन्दाजी २७ वर्षीया दिनेश रसाईली २३ वर्षीया सुवास चन्द वि.क रहेका छन्।
उनिहरू सवार नेपालगंजदेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००२ प ५५४३ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका–१० छिन्चु बजारमा रोकेर प्रहरीले चेकजाँच गरेको थियो।
इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा ५ पुडिया ९ नापतौल नगरेको ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो।


उनिहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ।

नेपाल कर्म । १० असार २०८०, आईतवार १२:४८