
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटमा बेलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । सुर्खेत लेकबेशी नगरपालिकाको गुमीबाट सुर्खेततर्फ आउदै क.प्र.०२००१ च.०९४४ न.को बलेरो गाडीले रोकी राखेको भे.१ क. १३४७ नंं को मिनिट्रकबाट घाँस झार्दै गरेको ३५ वर्षीया प्रेमबहादुर बुढाको मृत्यु भएको हो ।
बुढालाई ठक्कर दिएर घाइते भइ उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेततर्फ उपचार लगेको उनको ११ः१० बजेको समयमा चिकित्सकले मृत्युको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । त्यस्तै, ३३ वर्षीया तिलकुमारी बुढाको खुट्टामा चोट लागेको उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गाडी चालक सुर्खेत जिल्ला लेकवेशी नगरपापालिका–६ का २१ वर्षीया यामलाल सुनार र गाडी नियन्त्रणमा लिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


नेपाल कर्म । ७ श्रावण २०८२, बुधबार १४:०८