सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मातहतका १० जिल्लामा रहेका कार्यालयहरूको बार्षिक प्रगति समीक्षा सुरु भएको छ । आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रगति समीक्षा तथा आगामी वर्षको कार्यक्रमहरु माथि छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता सि.डि.ई. पदम राज देवकोटाले जानकारी दिएका छन ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाको प्रमुख आतिथ्यता र मन्त्रालयका सचिव इन्द्र देव भट्टको अध्यक्षतामा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रम शुरू भएकाे हाे । समिक्षामा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि, मन्त्रालयका महाशाखाका प्रमुख लगायतको सहभागिता छ।

कार्यक्रममा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित ९ जिल्ला कार्यालयका प्रमुखहरुले आर्थिक वर्ष २०८१र०८२ मा सम्पादित कार्यहरुको प्रगति विवरण प्रस्तुत गरिरहेका छन् ।


मन्त्रालयले यो वर्ष विनियोजित २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड ९७९ खर्च गरेको छ। जसमा चालुतर्फ ६७.३६५ र पुँजीगततर्फ ८०.५५५ बजेट कार्यान्वयन भएको छ। यो खर्च कर्णाली प्रदेशका विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा बढी हो।

नेपाल कर्म । ६ श्रावण २०८२, मंगलवार १४:५८