सुर्खेत । बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र वेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व तीज हो ।
लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको बेला गायिक तुलसी शाहीले विवाहपछि पनि छोरीलाई प्यारो लाग्ने माइती देशको कथा समेटएिको गित सार्वजजिनक गरेकी छन् ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कर्णालीका बरिष्ठ उपाध्यक्षसमेत रहेकी शाहीले मुटुमै माइती घर तीज गीत सार्वजनिक गरेकी हुन् । चाहाना राना मगर, मिसिता शेर्पा र अनु रानामागरले मुख्य अभिनय निभाएको गीतमा स्वर शाही र टीका हमालको छ ।
विहे गरेर पराइ घर चेली पुगेपनि आफ्नै माइतीको आँगन प्यारो लाग्ने भावना गीतमा समेटिएको गायिका शाहीले जानकारी दिइन् । ‘बाल्यकालका दिनहरु माइतीकै आगन, पानी पधेरा र गाउँ घरमा विताएका पलहरु गीतमा समेटेको छु,’ शाहीले भनिन्, ‘कर्मघर जति सुन्दर बनाएपनि एक चेलीका लागि माइतीको घर स्वर्ग झैं लाग्ने भएको वर्णन गरेको छु,’

माइती लिन आउलान् भन्दै बाटो हेरेकोे जस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी रहेको बेला कला संस्कृति झल्कने भाव गीतमा रहेको उनको भनाई छ ।
पेशाल स्थायी शिक्षक रहेकी शाही लामो समयदेखि गीत संगितमा आफ्ना गीतहरु सार्वजनिक गर्दै आएकी छिन् । उनले ल्याएको तीज गीत तुलसी शाही अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेकी छन् ।
मनसुन हमाल र भानु रिजालको लय रहेको गीतको निर्देशन तिलक ठकुरीले गरेका छन् । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बढीरहेको बेला सबैले रुचाउने मौलिक भाका सार्वजनिक गरेकाले आम दर्शकले माया गरिदिनुहुन्छ भन्नेमा विश्वस्त रहेको शाहीले बताइन् ।

नेपाल कर्म । ५ श्रावण २०८२, सोमबार १८:१९