
सुर्खेत । राप्रपा उपाध्यक्ष तथा केन्द्रीय समितिबाट मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत कार्यालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन र राप्रपाले तालाबन्दी गरेको छ । गैर कानुनी ढंगले गिरीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट मुक्त गरेको विरोधमा तालान्दी गरिएको हो ।
अध्यक्ष लिङ्देनले साउन २ गते सुर्खेत घर भएका गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएका थिए । अध्यक्ष लिङ्देनको उक्त निर्णयविरूद्ध गिरी निर्वाचन आयोग पुगेका छन् ।
उपाध्यक्ष गिरीमाथिको कारबाहीलाई लिएर राप्रपा सुर्खेतले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म तालाबन्दी गरिने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेकाहरूले आफैलाई घेराबन्दी गरेको भन्दै अहिलेसम्म तीन जना नेतालाई पदमुक्त गरिसकेका छन् ।




नेपाल कर्म । ५ श्रावण २०८२, सोमबार १५:२४