जगदुल्ला जलविद्युत आयोजना छिटो बनाउन भन्दै एमालेले बुझायो लेखा समितिलाई ध्यानाकर्षण



सुर्खेत । डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको काम छिटो बनाउनका लागि नेकपा(एमाले) डोल्पाले सार्वजनिक लेखा समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यमा विगतदेखि ढिलाई हुँदै आएको कामलाई छिटोछरितो बनाउनका लागि लेखा समितिलाई ध्यानार्षण गरेको हो ।

एमालेले वर्तमान ठेक्का प्रक्रिया रोकिएपछि थप चिन्ता व्यक्त गर्दै आएको छ ।

ठेक्काको प्रक्रिया रोकिँदा काम रोकिएको र जसको असर डोल्पाका जनतामा परेको नेकपा एमाले डोल्पाका अध्यक्ष लंक रोकायले बताए । ‘डोल्पा जिल्लामा कार्यरत व्यवसायी तथा समूहहरूको उपेक्षा गर्दै बाहिरी व्यक्ति वा समूहलाई ठेक्कामा प्रोत्साहित गर्नु निन्दनीय मात्र नभई स्थानीयताको अपमान हो,’ उनले भने,‘त्यसले का छिटो छरितो बनाउनका लागि लेखा समितिलाई ध्यानार्षण गराएका छौं ।’

उनले सार्वजनिक लेखा समितिले यसबारे चाँडो छानबिन गरी आवश्यक निर्देशन जारी गर्नुपर्ने माग गरिएको बताए । डोल्पाका जनताको आकांक्षा, ऊर्जा सम्भावना र समृद्धिको ढोका खोल्ने जलविद्युत् आयोजनामा कुनै प्रकारको अवरोध नगराउन भनेको रोकायले बताए ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले यस बिषयमा आफ्नो ध्यानार्षण भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया