राप्रपा केन्द्रीय उपाध्यक्ष गिरी पदमुक्त



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई जिम्मेवारीबाट पदमुक्त गरेका छन् । शुक्रबार अध्यक्ष लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन् ।

पदबाट हटाउनुका कारणबारे कुनै उल्लेख नगरे पनि अध्यक्ष लिङ्देनका निर्देशनमा हटाइएको राप्रपाका प्रवक्ता तथा प्रचार विभागका प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया