दैलेखको नारायण नगरपालिकाले करारका हटायाे


सुर्खेत । दैलेखको नारायण नगरपालिकाले करारका कर्मचारी हटाएको छ । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी नारायण नगरपालिकाले करारका कर्मचारी हटाएको लागेको ।



नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई साउन १ गतेबाट करारका कर्मचारी अर्को व्यवस्था नभएसम्म म्याद थप नहुने जानकारी दिएको छ ।

कर्णाली प्रदेश स्थानीय सेवा सङ्गठन तथा सञ्लालन ऐन २०८१ को दफा १४(१) र (२) बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने बमोजिम नगरपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत करारका कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि म्याद थप नहुने ब्यहोरा जानकारी गराउँदै सूचना प्रकाशन गरेको छ ।

यसभन्दा अघि जुम्लाको तातोपानी गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाले पनि करारका कर्मचारी हटाएका थिए ।

तपाईको प्रतिक्रिया