दैलेखमा शिशु अपहरण गर्ने बालिकालाई ३ वर्ष ४ महिना कैद र ३३ हजार जरिवानाकाे फैसला

सुर्खेत । दैलेखमा शिशु अपहरण गर्ने बालिकालाई अदालतले ३ वर्ष चार महिना कैद र ३३ हजार ३३३ रूपैयाँ जरिवनाकाे फैसला गरेकाे छ । दैलेख जिल्ला अदालतले २८ दिनको नवजात शिशु चोरेर हैरानी दिने १६ वर्षीया बालिकालाई कैदकाे फैसला गरेकाे हाे।



२८ चैत २०८१ मा ठाटीकाँध गाउँपालिका–१ सिलाडीबाट ति बालिकाले शिशु अपहरण गरेकी थिइन् । स्थानीय बमबहादुर बुढाकी ३५ दिने छोरी श्रीया बुढालाई नाटकीयशैलीमा चाेरेर २९ चैत विहान चामुण्डामा फेला पारेकाे थियाे ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा आपराधिक उपद्रवको मुद्दामा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरी एकीकृत रूपमा ५ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका छन् ।

बाल न्याय प्रणाली अनुसार दोषीको उमेरअनुसार एक तिहाइ छुट दिँदा ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरिएको हो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग दर्ता गरेको थियो। सोही दिन थुनछेक बहसपछि किशोरीलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइएको थियो।

के थियाे घटना ?

२८ चैत २०८१ मा ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्न बमबहादुर बुढाको घर पछाडी आगो लाग्यो । राती ९ बजेतिर एक्काशी आगो लागेको थाहा पाएपछि परिवारका सबै सदस्य आगो निभाउन पुगे । आगो निभाएपछि बुढाको परिवार घर फर्किए ।

तर सुत्ने कोठामा पुग्दा बुढाको तीन महिने छोरी श्रीया बुढा ओछ्यानमा थिइनन् । श्रेयासँगै सुतेका दाजु ओछ्यानमै थिए । ओछ्यानमा सुताएकी छोरी हराएपछि सबै चिन्तित बने । सम्भावित ठाउँहरुमा निकै खोजे तर कहीँ कतै नभेटेपछि आफन्तले प्रहरी चौकी ठाकीकाँधमा खवर गरे ।

घटना लगत्तै प्रहरीले खोजी थाल्यो तर श्रीयाको कुनै पत्तो लागेन् । घटनास्थल पुगेको प्रहरीले माथिल्लो निकायमा खवर पठाएर फर्कियो । २९ गते विहानै ओछ्यानबाटै गायव बनाएकी श्रीयाको खोजीका लागि सबैतिर हल्ला फैलियो ।

राती नै बालिका अपहरणमा परेको सूचना लिइसकेको प्रहरीले मातहतका निकायलाई खोजीमा खटायो । प्रहरी चौकी जम्बुकाँध, चाल्नेचौतारा, दुल्लु, भैरवी, पाल्तडा र तल्लो डुंगेश्वरको प्रहरीले नाकाहरुमा निगरानी राख्दै खोजी तिव्र बनायो ।

तर अपहरणमा परेकी बालिका लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले १८ वर्षीय बालिकालाई नियन्त्रणमा लियो ।

जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले उनलाइ नियन्त्रणमा लिँएकाे हाे । प्रारम्भीक अनुसन्धानका क्रममा ति बालिकाले घरबाट आफूले एक्लैले शिशु नल्याएकाे बताएकी थिइन् ।

प्रहरीले अपहरणमा परेकी बालिकाको सकुशल उद्दार गरेपछि आफन्तको जिम्मा र पक्राउ परेकी बालिकालाई नियन्त्रणमा लिइअनुसन्धानका लागि सदुमकाम दैलेख ल्याएकाे थियाे । अनुसन्धानकाे सकेर  जिल्ला प्रहरी कार्यालय दैलेखले गत वैशाख १७ गते जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग दर्ता गरेको हाे।

तपाईको प्रतिक्रिया