दिल्लीबाट चाेरेका थिए १५ ताेला सुन, कालिकाेटका ६ जना पक्राउ

सुर्खेत । राेजगारीका लागि भारतमा जाने नेपालीहरू अपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेकाे छ । मुख्यगरी भारतका विभिन्न शहरमा पुगेका नेपालीहरूले आफुले काम गर्ने घर तथा पसलहरूबाट चाेरी गरेर नेपाल फर्किएपछि पक्राउ पर्ने गरेका छन ।



पछिल्लाे पटक भारतकाे पुरानाे दिल्लीकाे कश्मिरी गेट आसपासबाट ठूलाे मात्रामा सुन र नगद रूपैयाँ चाेरी गरेर नेपाल आएका कालिकाेटका ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रास्काेट नगरपालिका-१ का ४२ वर्षीय मनबहादुर शाही, साेही ठाउँका ४२ वर्षीय तेजबहादुर शाही, सान्नीत्रिवेणि गाउँपालिका-८ का १८ वर्षीय पंकज केसी, ४५ वर्षीय प्रेमबहादुर खत्री, ३८ वर्षीय अनिता खत्री र नरहरीनाथ गाउँपालिका-९ का २८ वर्षीय सरिता शाही छन् ।

केही दिन अघि मात्रै उनीहरूले भारतबाट विभिन्न गरगहनासहित १५ ताेला सुन र आठ लाख नेपाली रूपैयाँ लुटपाट गरेर कैलालीकाे गाैरीफान्टा नाकाबाट नेपाल प्रवेश गरेकाे इलाका प्रहरी कार्यालय काेहलपुर बाँकेका प्रमुख लक्ष्मी खनालले नेपालकर्मलाइ जानकारी दिइन् ।

उनकाअनुसार काेहलपुर नगरपालिका-११ बाँकेमा रहेकाे हाेटल न्यू कालिकाेटकाे काेठा भाडामा लिएर बसेका ६ जनालाइ नियन्त्रणमा लिएकाे हाे । शंकास्पद गतिविधि गरिरहेकाे आवस्थामा उनीहरूलाइ पक्राउ गर्न सफल भएकाे उनकाे भनाइ छ ।

प्रारम्भिक अनुसन्धानकाे क्रममा ६ जना मात्रै चाेरीमा संलग्न भएकाे खुलेकाे छ । म्याद थप गरेर अनुसन्धान जारी राखेकाे र चाेरी ल्याएका सामग्री के गर्ने भन्ने विषयमा विस्तारै जानकारी गराउने प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया