सुर्खेतका तीन जनालाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार


सुर्खेत । सुर्खेत जिल्लाका उत्कृष्ट तीन जनालाई कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरुस्कृत गरिएको छ । कृषि पेशामा लागेर राम्रो काम गरेकोमा तीन जना कृषकलाई पुरुस्कृत गरिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।



मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार ३० हजार राशीको प्रथम पुरुस्कारबाट भेरीगंगा नगरपालिका–८ मा केरा खेती गरिरहेका ८ विनोद शर्मा, २५ हजार राशीको द्वितीय पुरुस्कार वीरेन्द्रनगर नगरपालिका–१३ मेवा ड्रागन खेती गरिहेकका ललितप्रसाद लामिछाने र २० हजार राशीको तृतीय पुरस्कर भेरीगंगा नगरपालिका–१० मा तरकारी खेती तथा पशुपन्छी पालन गरिरहेका अञ्जना बुढालाई प्रदान गरिएको छ ।

पुरुस्कार वितरण कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धनराशी थोरै भएपने प्रेरणा, अनुकरणिय हुन्छ, त्यसैले पुरस्कृत गरेको बताए । ‘धेरै अन्न दाता कर्म भूमीमा खटिदा पनि आवश्कता अनुसारको उत्पादन बढाउन सकेका छैनौं,’ उनले भने,‘यस्तो कार्यक्रमले अरुलाई पनि कृषिमा संलग्न हुने प्रेरणा जाग्छ ।’

जुनसुकै क्षेत्रको मानिसलाई पनि खाद्य आवश्यक भएकाले महत्वपूर्ण क्षेत्र कृषि क्षेत्र रहेको र जो यो क्षेत्रमा संलग्न हुन्छ, समर्पित भै, देशको विकासमा टेवा पु¥याउँछ त्यस्तो क्षेत्रलाई सम्मानित बनाउनु आवश्यक रहेको मन्त्री शाहले बताए । ‘कृषि क्षेत्रको योगदान राष्ट्रिय पूँजीमा धेरै छ । कृषिको व्यवसायिकरण गरे मात्र सबै किसानलाई जोड्न सकिन्छ । यसमा कृषि मन्त्रालय लागेको छ,’ उनले भने,‘हाम्रो तर्फबाट जे जति गर्नु पर्ने हो हामी सबैसँग जोडिएर गर्न चाहन्छौं । सरकार र कृषक इमान्दार भएर समर्पित हुनु र्‍यो । अनुदान सदुपयोग गर्न लाग्नु पर्ने र वास्तविक किसानले भन्दा विचौलियाले अनुदान प्राप्त गर्छ भन्ने हल्ला छ त्यसमा गम्भीर ध्यान दिनु पर्नेछ । यस्ता हल्ला चिर्न हामीले इमानदारीपुर्णक लिने र दिने पक्ष लाग्नु पर्नेछ ।’

कर्णालीलाई भिन्न प्रकृतिले घेरेको र असाध्यै सुन्दर हावापानी रहेको मन्त्री शाहले बताए । ‘उत्पादन वृद्धि गर्ने, खेतीयोग्य जमिन कम भएपनी बहुमुल्य बस्तु उत्पादन गरि धनी प्रदेशका रुपमा विकास गर्न सक्छौं,’ उनले भने,‘अहिले युवा पंक्ति कृषिमा देख्दा भविष्य धेरै राम्रो देखेको छु ।’

कृषि क्षेत्रमा लागेर आफु पुरुस्कृत हुँदा झन हौसला बढेको प्रथम पुरुस्कार पाएका कृषक विनोद शर्माले बताए । ‘ म विगत ६ वर्षदेखि केरा खेती गर्दै आएको छु । यसमा सफलता पनि पाएको छु,’ उनले भने,‘पुरुस्कार पाउँदा निकै खुसी उत्साहित भएको छु ।’

कसरी व्यवसायिकिकरण गर्ने, कसरी उद्धमी बनाउने, कसरी रोजगार सिर्जना गर्ने भन्ने तिर लाग्नु पर्ने पशुपन्छी विकास निर्देशनालयका निमिक्त निर्देशक कृष्ण पङ्गेनी बताए । ‘सरकारको लक्ष्य अनुरुप किसानले साथ दिएको छ,’ उनले भने,‘कृषिमा निरन्तरता दिनु अहिले आवश्यकता हो ।’

कर्णाली कृषिमा कम्मर कसेर लागेकाले दुई जना किसानले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यन्वयन इकाई सुर्खेतका प्रमुख डा. धर्मराज गिरी बताए । ‘अरुले पनि अनुशरण गर्नु पर्ने बेला आएको छ,’ उनले भने,‘हाम्रो परियोजनाले पनि उत्कृष्ट कृषकसँग काम गरेको छ। मौद्रिक र गैर मौद्रिक सम्मानले किसानको हौसला प्रदान गर्छ ।’

कर्णाली प्रदेश सरकारले कृषिमा अन्य प्रदेशभन्दा धेरै राम्रो काम गरेको एकिकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र रोकायले बताए । जुम्लामा ६० करोड स्याउ, सल्यानमा ४० करोडको अदुवा, ६० करोडको सुन्तला र सुर्खेतबाट १२ करोड अदुवा विदेश निर्यात भएको छ,’ उनले भने,‘कार्यालय सहजीकरण मात्रै हो मुख्य भुमिका किसानको हो ।’

प्रांगारिक धेरै संम्भावना हुँदा पनि थुप्रै काम बाँकी रहेको रोकायले बताए । ‘यसलाई सफल बनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने,‘कर्णालीमा कृषिमा केही हुदैँन भन्ने भाश्यलाई तपाईं कृषक र हामीले चिर्नु पर्नेछ । त्यसका लागी कम्मर कसेर लाग्नुछ ।’

तपाईको प्रतिक्रिया