मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको सोमबार काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएको छ । १७ औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको हो ।

बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

तपाईको प्रतिक्रिया