
सुर्खेत । माथिल्लाको कर्णाली जलविद्युत आयोजना जिएमआरसँगको बेतन कर्णाली जलविद्युत आयोजनासँगको विवाद टुङ्गिएको छ । बेतन कर्णाली बनाउँदा बाँधमा असर पर्ने भन्दै निर्माणको काम ढिलाई भएको थियो ।
बेतन कर्णाली आयोजनाले विद्युत उत्पादन अनुमति माग्दै २०८१ साल भदौमा विद्युत विकास विभागमा आवेदन दिएको थियो । तर, जिएमआरले लामो समयदेखि बाँधमा असर गर्ने भन्दै रोक्दै आएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभागले शुक्रबार आयोजना निर्माणका लागि विद्युत ऐन, २०४९ तथा नियमावली अनुसार अनुमति दिएको छ ।

कर्मचारी सञ्चयकोषको लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाले विद्युत उत्पादनको अनुमति पाएको छ ।
कर्णाली नदीमै निर्माण हुने बेतन कर्णाली आयोजनाको बाँध अछाम र सुर्खेतको सीमाक्षेत्रमा पर्छ भने विद्युतगृह, बेस क्याम्प र टनेल ढकारी गाउँपालिका–६ मा रहनेछ।

नेपाल कर्म । २९ असार २०८२, आईतवार १३:१२