
सुर्खेत । जाजरकोटमा च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी परेका छन् । नलगाड नगरपालिका– ४ पिपलचौरस्थित मागबहादुर सिंहका तीन जना छोराछोरी विषालु च्याउ खाएर बिरामी परेका हुन् ।
सालघारी जङ्गलबाट ल्याएका विषालु च्याउ खाएर सिहकी १२ वर्षीया छोरी कौशिला सिह, ६ वर्षीया छोरा झलक सिंह, ३ वर्षीया छोरी दिपा सिह बिरामी परेका छन् ।
सालघारी जंङ्गलबाट च्याउ ल्याए खाएपछि बिरामी परेका तीन बालबालिकाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको नलगाड नगरपालिका– ४ का वडाअध्यक्ष बद्रीबहादुर पन्तले बताए ।


बर्साको समयमा उम्रेका च्याउ विषालु हुने भएकाले जथाभावी नखान नलगाड नगरपालिकास्थित नगर अस्पतालका डा. नविन ध्यारले सुझाव दिए । उनका अनुसार च्याउ खाएर विरामी परेका बालवालिकालाई उपचारपछि सुधार भइरहेको छ ।

नेपाल कर्म । २५ असार २०८२, बुधबार १४:१९