
वीरेन्द्रनगर । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । बुधवार एक औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । ‘बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढे पनि स्वास्थ्य सूचकहरूमा सुधार आउन सकिएको छैन्,’ उनले भने,‘सुर्खेतमा बढ्दो बसाइसराइका कारण वीरेन्द्रनगर जस्ता स्थानीय तहहरूमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको छ ।’
सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए ।

प्रदेश खोप समिति संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए ।

कर्णालीका ७ जिल्ला घोषणा गरिएको जानकारी दिए । अभियानले निरन्तरता दिन आग्रह गरे । स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।
विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख गङ्गाराम सुनारले बताए।
२०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो । २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

नेपाल कर्म । २५ असार २०८२, बुधबार ११:४६