
सुर्खेत । कर्णाली प्रदेशका चार ठाउँमा सडक अबरुद्ध रहेको छ । हुम्लाको खार्पुनाथमा, डोल्पाको त्रिपुरासुन्दरीमा, रुकुमपश्चिमको आठबिसकोटमा र जाजरकोटको छेडागाडमा सडक अबरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको छ ।
कर्णाली करिडोर अन्र्तगत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी करिडोर अन्र्तगत डोल्पा त्रिपुरासुन्दरी नगरपािलका–१ छलघाट स्थित ६ असारदेखि पानीको वहाव बढी अवरुद्ध रहेको छ ।

त्यस्तै, रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६ रिजिगारस्थित ६ असारदेखि पानीको वहाब बढी भएका कारणले अवरुद्ध र जाजरकोट छेडागाड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाीि राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अबरुद्ध रहेको कर्णाली प्रदेश आपतकालिन कार्य सम्पादन केन्द्रले जनाएको छ ।


नेपाल कर्म । २५ असार २०८२, बुधबार ११:२६