
सुर्खेत। जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख माथि कार्यकक्षमै आक्रमण भएको छ । आइतवार कार्यालय समयमा अज्ञात समूह कार्यालयभित्र अमरप्रसाद शाह माथि कुटपिट गरेको हो ।
कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए । ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासी ३÷४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ उनले भने, ‘मैले कल्पना पनि गरेको थिइनँ, कार्यालयमै यस्तो दुर्व्यवहार सहनु पर्नेछ भन्ने ।’

घटनापछि शाहले सामान्य चोटपटक लागेको बताएका छन् ।


नेपाल कर्म । २२ असार २०८२, आईतवार १७:३०