ओली मार्ट ओपनिङ टुको ५० हजार चिठ्ठा उपहार भावना शाहीलाई


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर यरीचोकका स्थापना भएको ओली मार्ट ओपनिङ टुको अवसरमा पहिलो चरणका तीन जना ग्राहकलाई चिठ्ठा वितरण गरेको छ । मार्ट ओपनिङको अवसरमा पहिलो चिठ्ठा उपहार ग्राहकलाई ५० हजार, द्रोश्रो चिठ्ठा उपहार पाउने ग्राहकलाई २५ हजार र तेस्रो चिठ्ठा उपहार पाउने ग्राहकलाई दश हजार उपहार वितरण गरेको हो ।



प्रथम चिठ्ठा उपहार वीरेन्द्रनगर– ३ का भावना शाहीले पाएकी छन्, भने द्रोश्रो चिठ्ठा उपहार अजय गुरुङले र तेस्रो चिठ्ठा उपहार वीरेन्द्रनगर–६ का सिता रावतले पाएकी छन् ।

ओली मार्ट स्थापनाको टुका योजनाकार प्रदीप देवकोटाले मार्ट खुलेको पहिलो चरणमा १२ हजार ग्राहकमा पुगेको बताए । उनले यसलाई थप सस्तो, ग्राहकका बिभिन्न योजना ल्याउने बताए ।

सामाजिक उत्तरदायित्व अन्र्तगत ओली मार्टले जेहेन्दार छात्रबृति योजना ल्याएको सञ्चालक टिका ओलीले जानकारी दिए । ‘सामाजिक अभियन्ता नवराज बोहोरासँग मिलेर जेहेन्दार विद्यार्थी छात्रबृति योजना ल्याएका छौं,’ उनले भने,‘यसलाई अझ पुरुस्कृत र योजनाबद्ध रुपमा अगाडी बढाउने छौं ।’

तपाईको प्रतिक्रिया