कर्णाली सरकारको बजेट सर्वसम्मत पारित


सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ । शुक्रबार प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं विशेष प्रस्तावसहित बैठकबाट बजेट पारित भएको हो ।



आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरिन् ।

अर्थमन्त्री शाहले असार १ गते कर्णाली प्रदेशको ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया