
सुर्खेत । सिम्ता गाउँपालिकाको जामुने बजार घर भएका टार्जन गिरी रक्ताम्य हुनेगरी कुटिएका छन् । सिम्ता गाउँपालिका–६ जामुने बजारमा मध्यपश्चिम यातायात व्यवसायी समितिको काउन्टरमा काम गर्ने नारायण शाहीले गिरीले रक्ताम्य हुनेगरी चिर्पटले हानेर कुटेका हुन् ।

जामुने बजारमा बाँकेको बस समिति नमस्त कान्तिपुरको काउन्टर राख्ने विषयमा विवाद बढेको र त्यहीँ बेला प्रहरीकै अगाडी आफू कुटिएको घाइते गिरीले जानकारी दिए ।
‘मध्यपश्चिम समितिमा काम गर्ने शाहीले अर्को काउन्टर राख्न अवरोध गर्दै आएका थिए,’ गिरीले भने, ‘आज आफू कुटिएको मुख्य विषय त्यहीँ नै हो । तर प्रहरीकै अगाडी कुटिदा नागरिकहरु अझै असुरक्षित छन् भन्ने आज पुष्टि भयो ।’

प्रहरीलाइ जानकारी गराउँदासमेत सहयाेग नपाएकाे गुनासाे उनकाे छ । जामुने बजारमा बसेर पत्रकारिता गर्दै आएका गिरीलाई कुट्ने शाही सिम्ता गाउँपालिका–७ का हुन् । उनी लामो समयदेखि जामुन बजारमा रहेको मध्यपश्चिमको काउन्टरमा काम गर्दै आएका छन् ।

अन्य समिति राख्नमा उनले अवरोध गर्दै आएपछि गिरीले नयाँ समितिको काउन्टर खोल्ने तयारी गरेका बेला कुटपिट भएको ईलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतका प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिए ।
दुवै पक्षलाई छलफलका लागि कार्यालय ल्याउन खोजिरहेको बेला प्रहरीलाई छक्याएर दुःखद घटना हुन पुगेको बताए । गिरीले कुट्ने शाहीलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान थालिएको उनको भनाई छ । घाइते गिरी उपचारका लागि नेपालगञ्ज गएका छन् । गिरीले टार्जन रिपोर्टर फेसबुक पेज चलाउँदै आएका छन् ।
नेपाल कर्म । २० असार २०८२, शुक्रबार १९:२४