
मुगु । मुगुमा सडक निर्माणमा क्रममा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । खत्याड गाउँपालिका—५ तारापानी भन्ने स्थानमा सडकको नाला निमार्णमा संलग्न सोही ठाउँकी ३७ जानु बुढाको मृत्यु भएको हो ।

सडकको नाला निमार्णका लागि गिट्टी कुट्दै बुढाको ज्यान गएको खत्याड गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाही (किसोर)ले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटना घटेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थालतर्फ गएको छ ।


बुढा केही दिनयता सो ठाउँमा गिट्टी कुट्ने काम गर्दै आएकी थिइन् । गिट्टी कुटिरहेकै बेला बिहान १०ः५० बजेतिर पहिरो खसेको थियो ।
नेपाल कर्म । २० असार २०८२, शुक्रबार १३:४०