जुम्लाको राक्से पाटनमा पहिरोः १३ भेडा मृत भेटिए, ४ सय बढी बेपत्ता


सुर्खेत । सोमबार जुम्लाको तातोपानी गाउँपालिका–८ राक्से पाटनमा पहिरोमा परी सैयौं भेडा बेपत्ता भएका छन् ।



दिउँसो ३ बजेतिर खसेको पहिरोमा परी बेपत्ता भएकामध्ये १३ भेडा मृत फेला परेको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।

उनका अनुसार ४ सयभन्दा बढी भेडा बेपत्ता रहेका छन् । मौसम प्रतिकूलताका कारण बेपत्ता भेडाको खोजी हुन सकेको छैन । तातोपानी–७ का सर्पराज रावलसहित ८/९ जना किसानका भेडा पहिरोमा परेका हुन् ।

घटनाको जानकारी लिनका लागि अस्थायी प्रहरी पोष्ट ताम्तीसहित स्थानीय खटिएका थिए । तर धेरै उचाईमा मौसममा अकस्मात आउने फेरबदलका कारण खोजीकार्य प्रभावकारी हुन नसकेको रोकायाको भनाइ छ । पहिरोमा परी एउटा घोडा पनि मृत भेटिएको छ । अरु ८/९ वटा घोडा बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया