सुर्खेत । नेकपा एमाले दैलेखको सचिवालय बैठकले पालिकामा गर्ने बैठकको मिती तय गरेको छ। शनिबार जिल्ला इन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षमा बसेको बैठकले मिती तय गरेको हो।

बैठकले गरेको निर्णय अनुसार दुल्लू नगरपालिकाको पालिकाको बैठक असार १३ गते, चामुण्डा बिन्द्रासैनी र नारायण नगर कमिटीको बैठक असार १६ गते, भैरवी, ठाँटिकाँध, गुराँस र महाबु गाउँपालिकाको पालिका कमिटीको बैठक असार १७ गते बस्ने भएको छ।


यस्तै, आठबीस नगरपालिका, डुंगेश्वर र नौमुले गाउँपालिका असार १८ गते र भगवतीमाई गाउँपालिकाको पालिका कमिटी बैठक असार १९ गते बस्ने निर्णय गरेको छ।

नेपाल कर्म । ९ असार २०८०, शनिबार १६:५३