
सुर्खेत । होटेल व्यवसायी संघको अध्यक्षमा प्रतिभा वली चयन भएकी छन् । शनिबार भएको सातौं बार्षिक चुनावी साधारणसभाले वली अध्यक्षमा चयन भएकी हुन् ।
साधारणसभाले अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष सुमन कार्की, प्रथम उपाध्यक्ष धनबहादुर खड्का, द्धितिय उपाध्यक्ष होमबहादुर खड्का, महासचिव नन्दाराम उपाध्याय, सचिव जंगबहादुर बोहोरा र कोषाध्यक्षमा सविता ढकाल चयन भएकी छन् ।
त्यस्तै, सदस्यहरुमा रवि पुरी, शंकर भट्टराई, प्रेम कार्की र खगेन्द्र अधिकारी चयन भएका छन् ।


अध्यक्षमा चयन भएकी वली माया थकाली होटलको सञ्चालिकासमेत हुन् । उनी लामो समयदेखि होटल व्यवसाय गर्दै आएकी छन् ।

नेपाल कर्म । १४ असार २०८२, शनिबार २०:१४