
सुर्खेत । भारत बेंगलौर होयसाला नगरको राममुर्तिमा रोजागारीका लागि गएका नरहरिनाथ गाउँपालिका–४ का दीपेन्द्र सहकारीका छोरी छ वर्षीयाको भारतीय अभिशेक कुमारले यौन दुव्र्यहारपछि गत पुष १९ गते हत्या भएको थियो ।
हत्या गरिएका बालिकाका बाबु सहकारीले पाएको रकम बुझेर कालिकोट नरहरिनाथ गाउँपालिका–३ का रणबहादुर बुढा(राजेन्द्र) र चितवन घर भएकी तारा क्षेत्री फरार भएकी छन् ।
हत्या गरिएका बालिकाका बुबालाई भारत सरकारले सात लाख (नेपाली ११ लाख २० हजार) रुपैयाँ राहत रकम दिएको थियो । बालिकाका बुबाका नाममा दिइएको चेक लिएर सहरकारीका आफन्त रहेका बुढा र चितवनका क्षेत्री अहिले फरार रहेका छन् ।

नेपाल गएर बैंकमा खाता खोल्नु पर्छ भनेर बुढाले भनेको आफुले बुढाले क्षेत्रीले भने अनुसार नै काम गरेको अहिले त्यो राहत रकम लिएर उनीहरु फरार रहेको सहकारीले बताए । ‘छोरी पनि रहिनन्,’ उनले भने,‘पाएको राहत रकम पनि आफन्त रहेकाले नै लुटेर लगे ।’
पहिला उनीहरुले नेपालमा गएर खाता खोल्नुपर्ने भनेर नेपाल आएर बुढा र क्षेत्री धोका दिएको उनीहरु नाटकीय रुपमा फरार रहेको सहकारी बताए । उनले अहिले पैसा माग्दा बुढा र क्षेत्रीले गुण्डा लगाएर मार्ने धम्की दिने गरेको बताए ।

‘भारतमा काम गरेर खाउला भनेर आएको हुँ,’ सहकारीले भने,‘तर, भारतमा आएर छोरी गुमाएँ । पाएको राहत पनि आफन्त भनाउँदाले लुटेर लगेँ ।’
अहिले उनीहरु सम्पर्कमा नरहेको उल्टै आफुलाई मार्ने धम्की दिदैँ आएको बालिकाका आमा शुशिला कुवँरले बताइन् । ‘हामी काम गरेर खाने मान्छेलाई जता पनि लुटदा रहेछन्,’ उनले भनिन्,‘छोरीलाई पापीले मार्यो । भारत सरकारले दिएको राहत रकम पनि नेपाली भनाउँदा दाजुभाईले लुटेँ ।’
बालिकालाई भारतको बिहारका अभिषेक कुमारले निर्माणाधीन भवन भित्र यौन दुव्र्यवहार र हत्या गरेका थिए । उनी अहिले जेलमा रहेका छन् । राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

नेपाल कर्म । १४ असार २०८२, शनिबार १३:०८