दैलेखको महाबु गाउँपालिकाले सार्वजनिक विदा नदिने



सुर्खेत । कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदाको दिनमा पनि दैलेखको महाबु गाउँपालिकाले सार्वजनिक विदा नदिने भएको छ ।

सार्वजनिक विदाको दिन शनिबार र आइतबार कार्यालय सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को भुक्तानीको कार्यलाई मध्येनजर गर्दै मिति १४ गते शनिवार र १५ गते धान दिवसको दिन महाबु गाउँपालिका कार्यालय तथा अन्तर्गतका कार्यालयहरू बन्द नभई सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए ।

सम्पुर्ण शाखाका प्रमुख तथा सम्पुर्ण कर्मचारीहरू अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कार्यसम्पादन गर्ने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया