वीरेन्द्रनगरले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । बिहीबार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि पेश गरेको नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।



१७ औं नगर सभामा पेश गरिएको विनियोजन र आर्थिक विधेयक २०८२ र न्यायिक समितिको प्रतिवेदन २०८२ समेत पारित गरिएकोे नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाईसराई आउनेको सीप, क्षमता र उनीहरुको विकास र समृद्धिका लागि ‘ज्ञान बैंक स्थापना’ गर्नेनगरपालिकाले ल्याएको छ । यस्तै, प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका छ ।

नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पु¥याउन सफल नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको बनाउनेसमेत नीतिमा समावेश गरिएको छ ।

नगरपालिकाले आगामी वर्षका लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट ल्याएको थियो । नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउनको आगामी वर्ष नगर बस खरिद गरि संचालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगर सभामा विधायन समितिका संयोजक यामुना नेपालीले पेश गरेको खानेपानी, सरसफाई तथा स्वच्छता विधेयक २०८२, वीरेन्द्रनगर खानेपानी तथा सरसफाई बोर्ड विधेयक २०८२ र नगर शिक्षा ऐन २०७४, तेस्रो संशोधनसमेत पारित गरिएको छ । लेखा समितिका संयोजक संयोजक दिपेन्द्र कोइरालाले पेश गरेको लेखा प्रतिवेदन पनि नगर सभाले पास गरेको छ ।

तपाईको प्रतिक्रिया