

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं पुगेका अभियन्ता नवराज बोहराले कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।
भेटघाटका क्रममा कोइरालाले आफू सुशासन र ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को पक्षमा रहेकाले बोहराको अभियानमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।


अभियन्ता बोहराले गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौं पुगेका थिए ।
नेपाल कर्म । ११ असार २०८२, बुधबार १२:०८