गुराँसको नीति राउेटलाई स्थायी नमूना बस्ती बनाउनेदेखि शुन्य भ्रष्टाचार र बेरुजु नियन्त्रण

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १८ वटा गौरवका योजनाहरुसमेत समावेश गरेका हुन् ।



गुराँसले सार्वजनिक गरेका गौरवका योजनामा जंगलमा फिरन्ते जीवन विताउदै आएको राउटे समुदायको स्थायी नमूना बसोबासको व्यवस्था गर्ने उल्लेख छ । राउटे समुदायकाे अभिलेख राख्न गुराँसले परिचय पत्र वितरण यसअघि नै गरिसकेकाे छ ।

एक घर एक धारा, एक घर एक रोजगार कार्यक्रम, भौतिक विकास र मानव विकाससँगै दीगो विकास लक्षित नीति कार्यक्रम र बजेट, पूर्ण सरसफाई र खानेपानी सम्पन्न गाउँपालिका बनाउने नीति लिएको अध्यक्ष विसीले जानकारी दिए ।

एक वडा एक उद्योग, एक टोल एक उत्पादन कार्यक्रम, टोल विकास संस्थासँगै श्रम सहभागिता, गुराँस गौरव मार्ग सम्पन्न गर्ने र कृषि विकास तथा अनुसन्धान केन्द्रसँगै टिसु कल्चर ल्याब सञ्चालन कार्यक्रम आगामी वर्षमा सञ्चालन गरिने विसीले बताए ।

शुन्य भ्रष्टाचार र बेरुजु नियन्त्रण, १५ शैयाको अस्पताल सञ्चालन, पाँच शैयाको आयुर्वेद अस्पताल निर्माण, योगा हल तथा हेल्थ सेन्टर, खुला ब्यायमशाला र डिजिटल गाउँपालिका तथा लेस पेपर कार्यालय रहेका छन् ।

बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग, कृषकसँग अध्यक्ष कार्यक्रम र गुराँसको सान रैथाने पहिचान अभियानसमेत सञ्चालन गर्ने नीति गाउँपालिकाको छ ।

तपाईको प्रतिक्रिया