चामुण्डाविन्द्रासैनीको बजेट ४८ करोड

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका नगर उपप्रमुख मनसरा कुमारी शर्माले आर्थिक वर्ष २०८२।०८३ का लागि ४८ करोड ४३ लाख ३ हजार ८८ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।



१७ औँ अधिवेसनले ल्याएको निति तथा कार्यक्रम पास भएको छ । नगर प्रमुख गणेशकुमार शाहीले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति कार्यक्रममा कृषि, खानेपानी, पुर्वाधार, रोजगार, स्वास्थ्य, शिक्षा लगायतको विषयका वस्तुहरु समावेस गरिएको छ ।

नगर सभाको अर्को बैठक यही असार २९ गते बस्ने गरी स्थगित भएको चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् सभाका सचिव भलाराम पंगेली जानकारी दिए ।

तपाईको प्रतिक्रिया