सुर्खेत । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमहरु ल्याएको छ । नगरपालिका कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाईसराई आउनेको सीप, क्षमता र उनीहरुको विकास र समृद्धिका लागि ‘ज्ञान बैंक स्थापना’ गर्ने भएको हो ।

प्रदेशको राजधानी शहरमा पाइने सुविधाको खोजीमा कर्णालीबाट मात्रै हैन कर्णाली बाहिरका जिल्लाहरुबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक बसाइसराईलाई व्यवस्थित गर्नुपर्ने नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘संम्भावनाको खोजी गर्दै बसाईसराई भई आएकाहरुलाई स्वागत गर्दै उनीहरुसँग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्दिमा उपयोग गर्न ज्ञान बैंकको स्थापना गरि नगरलाई समृद्द बनाउंदै लैजाने छ,’ उनले भनिन्,‘थप सृजनात्मक भएर यो नगरपालिका अगाडि बढिरहेको छ ।’
प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका र नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पु¥याउन सफल नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न वीरेन्द्रननगर नगरपालिकाको ४९ औं स्थापना दिवसको अवसर पारी प्रदेश सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाई स्तरोन्नतिको प्रक्रियाका थालनी गरेको प्रमुख ढकालले जानकारी दिइन् ।
‘प्रदेश राजधानी भए संगै योनगरपालिका प्रचुर सम्भावना बढेर गएका छन्,’ उनले भनिन्,‘दिन प्रतिदिन उच्च जनसंख्या बृद्धिको अवस्था रहेको यस नगरपालिकामा सिमित स्रोत र साधनका कारण समुदायको आकांक्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन । तर पनि नगरपालिकाका सामु उपलब्ध सिमित स्रोत र साधनबाट आशातित नतिजा हासिल गर्नुपर्ने हुन्छ । ’
आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रमहरु, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सुर्खेत
आदरणीय नगरसभा सदस्यज्यूहरु,
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएको नगरपालिका हो।यस नगरपालिकाको दोश्रो निर्वाचन पश्चात सातौं तथा हालसम्मको सत्रौं नगरसभामा सम्बोधन गर्न पाउँदा गौरवान्वित भएको छु।नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनको अग्रमोर्चामा रहि शाहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहिदहरु तथा कर्णाली प्रदेश स्थापनाका लागि ज्यान आहुति दिने शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्रस्थानमा रही योगदान पुर्याउनुहुने सम्पूर्ण अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछु ।
कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको यस नगरपालिकालाई प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका छौं। नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्याउन सफल यो नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न वीरेन्द्ननगर नगरपालिकाको ४९ औं स्थापना दिवसको अवसर पारी प्रदेश सरकारलाई आवश्यक प्रक्रिया अगाडि वढाई स्तरोन्नतिको प्रक्रियाका थालनी गरेका छौ। नगरपालिकालाई यहां सम्म ल्याई पुर्याउन महत्पुर्ण भूमिका निर्वाह गर्ने सवै नगरवासीहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । प्रदेश राजधानी भए संगै यो नगरपालिका प्रचुर सम्भावना वढेर गएका छन्। दिन प्रतिदिन उच्च जनसंख्या बृद्धिको अवस्था रहेको यस नगरपालिकामा सिमित स्रोत र साधनका कारण समुदायको आकांक्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन।तर पनि नगरपालिकाका सामु उपलब्ध सिमित स्रोत र साधनबाट आशातित नतिजा हासिल गर्नुपर्ने हुन्छ ।
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भए संगै प्रदेशको राजधानी शहरमा पाइने सुविधाको खोजिमा कर्णालीबाट मात्रै हैन कर्णाली वाहिरका जिल्लाहरुबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक वसाइसराईलाई व्यवस्थित गर्नुपर्ने हुन्छ । सम्भावनाको खोजी गर्दै वसाईसराई भई आएकाहरुलाई स्वागत गर्दै उनीहरु संग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्दिमा उपयोग गर्न knowledge Bank स्थापना गरि नगरलाई समृद्द वनाउंदै लैजान थप सृजनात्मक भएर यो नगरपालिका अगाडि वढिरहेको छ ।
यसै सन्दर्भमा हाम्रो शहर समृद्ध वीरेन्द्रनगर बनाउने रहर भन्ने आम आकांक्षालाई आत्मसात् गर्दै यस नगरसभाबाट आर्थिक बर्ष २०८२/०८३ मा नगरपालिकाले अबलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरुलाई प्रस्तावको रुपमा यस सम्मानित सभा समक्ष स्वीकृतिका लागि पेश गर्न चाहन्छु ।
- राजस्व तर्फ
- हाल कार्यान्वयनमा रहेका स्वीकृत कर दस्तुरलाई यथावत राख्दै यो वर्ष पनि नगरपालिकालाई राजस्व सुधारको वर्षको रुपमा अगाडि वढाउंदै आत्मनिर्भर एवम् आर्थिक रुपमा मजवुत वनाउंदै लगिनेछ।
- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार राजस्वको दायरा पुरा गरेकाले यसलाई अंझ व्यवस्थित वनाउनका लागि चालु आर्थिक वर्षमा कायम करका दरहरुलाई यथावत राख्दै नयाँ करका क्षेत्रहरु पहिचान मार्फत करको दायरामा वृद्धि गरिनेछ साथै करदाता विवरण डिजिटल प्रणालीमा आवद्ध गर्दै प्रत्येक करदातालाई करको दायरामा समेटिनेछ।
- राजश्व सुधार अभियानलाई प्रभावकारी बनाउंदै नगरलाई आत्मनिर्भर तर्फ लगिनेछ।प्रगतिशिल कर प्रणालीको विकास सक्षम कर प्रशासनको निर्माण करका दायरा विस्तार कानून बमोजिम तोकिएका कर/गैरकर राजश्व चुवाहट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ।
- स्थानीय सरकारको अधिकार सूचितर्फ पर्ने सम्पत्ति कर, घरबहाल कर भूमीकर व्यवसाय कर जडिवुटि कवाडि तथा जीवजन्तु कर सवारी साधन कर विज्ञापन कर मनोरञ्जन कर वहाल विटौली शुल्क पार्किङ शुल्क विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभूति हुने गरि करदातालाई उत्कृष्ट कर दाताको रुपमा सम्मान गरिनेछ ।लगायत अन्य करलाई एकिकृत रुपमा आवद्ध गर्ने नीतिलाई निरन्तरता दिइनेछ।कार्यसम्पादनमा आधारित प्रणाली अवलम्वन गरी यसका लागि थप जनशक्ति परिचालन गरिनेछ।
- लामो समयदेखि नगरपालिका वा वडा कार्यालयमा व्यवसाय दर्ता नगरि व्यवसाय सञ्चालन गरिरहेका व्यवसायहरुलाई दर्ताका लागि प्रोत्साहित गरिनेछ साथै लामो समयदेखि व्यवसाय कर नतिरेकाहरुका लागि जरिवाना विलम्व शुल्क वा हर्जनामा आवश्यकता र औचित्यताका आधारमा करमा छुट तथा सहुलियतको नीति लिइनेछ ।
- महिला दलित तथा अपाङ्ग द्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित उधम तथा व्यवसायको व्यवसाय शुल्कमा २० प्रतिशत छुटको नीति लिईनेछ।
- नगरपालिकालाई तिर्नुपर्ने कर दस्तुर तिरेका र व्यवसाय दर्ता गरेका व्यवसायहरुबाट मात्र वस्तु र सेवाहरुको खरिद गरिने छ।
- नगरपालिका भित्र कुनै पनि सरकारी संरचनाहरु निर्माण गर्दा अनिवार्य अपाङ्ग मैत्री संरचना निर्माण गर्नुपर्नेछ। निजि क्षेत्र वा वैयक्तिक प्रयोजनका लागि बनाएमा २५ प्रतिशत कर छुट दिइनेछ ।
- सामान्य प्रशासन तथा सार्वजनिक सेवा
- नगरपालिकाको निर्माणाधिन रुपमा रहेको नयां प्रशासनिक भवनको संरचनालाई यसै वर्ष सम्पन्न गरि उक्त भवनबाट प्रदान गरिने सेवालाई पूर्ण प्रविधिमैत्री एवम् एकिकृत बनाईनेछ साथै भवन परिसर भित्र नागरिक सहायता कक्ष, सेवाग्राही विश्रामस्थल, शुद्ध पिउने पानी र गुनासो सुनुवाई संयन्त्र निर्माण सहित प्रविधिमैत्री सेवामा जोड दिईनेछ।
- नगरपालिका, वडा, स्वास्थ्य केन्द्र तथा विद्यालय आदि संस्थाहरुमा विद्युतीय हाजिरीको विकास र प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ।नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन थप जोड दिइनेछ ।
- हाम्रो नगर राम्रो सहर अभियान अन्तर्गत चौमासिक रुपमा नगरका गतिविधिहरु समावेश भएको बुलेटिन प्रकाशन, जनचेतना मूलक रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन गरी नागरिकको सूचनाको हकको प्रवर्द्धन गर्न थप प्रयास गरिनेछ।नगरपालिकाका गतिविधिहरु नियमित संचार माध्यमबाट प्रकाशन तथा प्रसारणको व्यवस्थापनका लागि संचार क्षेत्रसंग सहकार्यका साथै लोक कल्याणकारी सूचनाहरु स्थानीय संचार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- एकिकृत डिजीटल सेवा प्रवाह प्रणाली लागू गरी नागरिकले घरैबाट सेवा लिन सक्ने प्रणालीको सुरुवात गरी सूचना प्रविधिको प्रयोग मार्फत नगरपालिका कार्यालय एवम् वडा कार्यालयबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शि बनाउँदै शिघ्र सेवा तिब्र बिकास को मान्यतालाई आत्मसाथ गर्दै सरल सरकार सहज सेवाको प्रत्याभूति हुने गरि कार्यान्वयन गरिनेछ।
- बजार क्षेत्र लगायत नगरका प्रमुख स्थानहरुमा सिसिटिभी क्यामराको विस्तार तथा नियमित मर्मत सम्भार गर्ने कार्यलाई नेपाल टेलिकम संग MOU गरि आपसी समन्वयमा निरन्तरता दिंदै थप प्रभावकारी बनाउंदै नगर सुरक्षा जनताको भरोसा को नीतिलाई अवलम्वन गरिनेछ।
- सबै शाखा तथा वडा कार्यालयबाट विद्युतीय पत्राचारलाई लागू गर्दै क्रमशः विद्युतीय सुशासनको अवधारणा अनुसार कार्य अघि बढाइनेछ।कार्यालयका नियमित बैठक, गोष्ठी र तालिममा विशेषज्ञ सेवाको प्रयोग गर्न तथा भौगोलिक दुरी कम गर्दै लागत कटौती गर्नका लागि अनलाईन प्रणालीको प्रयोगलाई क्रमशः बढाईनेछ।शाखागत Networking लाई जोड दिंदा एकिकृत सेवा प्रणालीलाई अवलम्वन गरिनेछ सेवाग्राही लाईनमा हैन अनलाईन मा भन्ने नीति कार्यान्वयन गरिनेछ ।
- कार्यालयमा सिकाई केन्द्रको संस्थागत विकास गरी सेवा प्रवाहमा नविनता सँगै तथ्यांकलाई चुस्त दुरुस्त र पारदर्शी बनाउनका लागि साथै सिकाइको अवसर सवैमा सुनिश्चित गर्न सूचना तथा अभिलेख केन्द्र स्थापना गरी सूचनाको अवसर र पहूँचलाई अझ वढि व्यवस्थित गरिनेछ ।
- नगरपालिकाको संगठन तथा व्यवस्थापन (O&M) को प्रक्रिया टुंगोमा पुर्याइनेछ।यसका आधारमा कर्मचारीहरुलाई कार्यविवरण उपलब्ध गराई सो जिम्मेवारीको आधारमा सेवा प्रवाहलाई चुस्त, दुरुस्त छरितो र जनउत्तरदायी बनाईनेछ ।
- कर्मचारीलाई उपलब्ध गराइने निश्चित सूचकका आधारमा कार्य सम्पादन सम्झौता गरिनेछ । कार्यसम्पादन सम्झौताका सूचकका आधारमा पुरस्कार र दण्डको नीति अवलम्वन गर्दै कार्य प्रति जिम्मेवार जवाफदेही बनाइनेछ।
- नगरपालिकाबाट सम्पादन गरिने कार्य प्रक्रियालाई थप नियमित, सुचारु र जनउत्तरदायी वनाउनका लागि तयार गरिएको आन्तरिक नियन्त्रण प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याईने छ।
- समृद्ध वीरेन्द्रनगर सुखी वीरेन्द्रनगर बासीलाई आत्मसात् गर्दै नगरबासीको गुणस्तरीय जीवन प्राप्तिका लागि नगरपालिकाबाट दिईने सेवा सुविधालाई चुस्त दुरुस्त बनाई सुशासन र पारदर्शितामा जोड दिईनेछ साथै भ्रष्टाचार विरुद्धको शून्य सहनशिलताको राष्ट्रिय नीतिलाई कार्यान्वयन गर्नुका साथै नगरपालिकाको भ्रष्टाचार विरुद्धको रणनीति तयार कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
- कर्मचारीहरुको क्षमता विकास तथा उत्प्रेरणाका लागि अन्तर स्थानीय तह असल सिकाइ आदान प्रदान मार्फत समृद्ध वीरेन्द्रनगरको सपना साकार बनाउन कर्मचारीहरुको पेसागत समर्पण, सकरात्मक तथा सिर्जनात्मक सोच अध्ययन अवलोकन भ्रमण तथा प्रतिभा प्रस्फुटन हुने लगायतका कार्यक्रम सञ्चालन गरिने कामलाई निरन्तरता दिईने छ ।
- नगरपालिकामा कार्यरत सवै कर्मचारीहरुको एकिकृत कर्मचारी व्यक्त्तिगत विवरण प्रणाली (PIS) स्थापना गरी कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त वनाउनका लागि कर्मचारी संकेत नम्बर कायम गरी सो को आधारमा व्यक्त्तिगत विवरण अद्यावधिक गरिनेछ। अद्यावधिक विवरणका आधारमा कर्मचारीलाई थप जिम्मेवारी वैज्ञानिक र वस्तुगत मापदण्डमा आधारित बनाईनेछ।
- नगरपालिकामा कार्यरत सबै सेवा समूह तर्फका कर्मचारीहरुलाई आफनो पेसागत मर्यादा र आचरण प्रदर्शनलाई जोड दिईनेछ, कर्मचारीहरुलाई सम्पादित कामको आधारमा दण्ड र पुरस्कारको नीति अख्तियार गरिनेछ।
- स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को प्रावधान अनुसार कर्मचारीहरुलाई सर्वोत्कृष्ट स्थानीय सेवा पुरस्कार, उत्कृष्ट स्थानीय सेवा पुरस्कार र स्थानीय सेवा पुरस्कार नगरपालिका स्थापना दिवसमा नियमित रुपमा प्रदान गरिनेछ । यसका अतिरिक्त उल्लिखित पुरस्कारबाट मात्र अस्थायी, करार र अन्य विविध कर्मचारीहरुको सेवा र योगदानलाई थप बल पुर्याउनका लागि सर्वोत्कृष्ट नगरपालिका सेवा पुरस्कार, उत्कृष्ट नगरपालिका सेवा पुरस्कार र नगरपालिका सेवा पुरस्कारको व्यवस्था गरिने छ।
- नगरका कर्मचारी एवं पदाधिकारी, उपभोक्ता समिति र टोल विकास संस्थाहरुको पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयन गरिनेछ।टोल विकास संस्थाहरुलाई वडा तहको राजश्व संकलन अभियान, सरसफाई अभियान, राजश्व संकलन, तथा अन्य अभियानात्मक र प्रचारात्मक कार्यक्रममा समेत संलग्न गराउने सो का लागि कार्ययोजना बनाई लागू गरिनेछ ।
- साविक स्थानीय निकायको समयमा करार नियुक्त भई लामो समयसम्म करार सेवामा कार्यरत कर्मचारीहरुको योगदानको कदर हुने गरी नगद प्रोत्साहन सहितको अवकास योजनाका लागि कानून वनाई स्वैच्छिक विदाईको अवसर दिइनेछ।करार सेवाका कर्मचारीहरुको सेवा अवधिलाई बर्गीकरण गर्दै सेवा सुबिधाको व्यवस्था गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरी काममा थप प्रोत्साहन गरिनेछ।
- नगरपालिकाका वढि कार्यवोझ हुने र नियमित समयको कामले मात्र समय अपुग हुने शाखाहरुका कर्मचारीहरु तथा अन्य नगरपालिकाका इच्छुक कर्मचारीहरुलाई वीरेन्द्रनगर नगरपालिकाको कार्य व्यवस्था सञ्चालन कार्यविधि,२०८१ अनुसार उत्प्रेरित गर्दै थप परिचालन गरिनेछ।
- यस नगरपालिकामा कार्यरत नगरप्रहरी, दमकलमा काम गर्ने, सरसफाई तथा अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई वीमा संग आवद्द गरि काममा थप उत्प्रेरित गरिनेछ।
- नगरको सुशासन प्रवर्द्धन तथा सुरक्षा लगायतका क्षेत्रमा काम गर्ने गरी नगर प्रहरीको सेवा गठन तथा पदपूर्तिको कार्यलाई पूर्णता दिईएको छ।पदपूर्ति भएका नगर प्रहरी मार्फत फूटपाथ व्यवस्थापन, आन्तरिक सुरक्षा व्यवस्थापन, शहरी सौन्दर्यका लागि परिचालन गरिनेछ।साथै सार्वजनिक प्रशासन भित्र सुरक्षित कार्यक्षेत्र अभियानलाई कार्यान्वयन गरिनेछ।
- यस नगरपालिकाले हप्तामा एक दिन (शुक्रवारका दिन) स्थानीयता झल्कने पोसाकको अनिवार्य व्यवस्था गरी अलग पहिचानको प्रवन्ध गरिनेछ।
- संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानून परिमार्जन र निर्माण गरिनेछ। तिनवटै तहबाट निर्माण भएका कानूनको निरन्तर र नियमित अध्ययन गरी कानून तर्जुमा तथा सुधारलाई अनुसन्धानमुखी बनाईनेछ ।
- सार्वजनिक सेवा प्रवाहलाई सरल सहज वनाउने नागरिकको पहूंच सुनिश्चित गर्न निरन्तर सुक्ष्म निगरानी गर्ने हेलो मेयर वीरेन्द्रनगर मार्फत गुनासोहरुको व्यवस्थापन गर्नका लागि केही क्षेत्रका लागि Rapid response team निर्माण गरी परिचालन गरिनेछ ।
- नगरपालिकाबाट कार्यक्रमहरु सञ्चालन गर्दा वडाहरुका कार्यक्रम,लक्षित वर्गका कार्यक्रम, प्रशासनिक खर्च, सहुलियत तथा लोककल्याणकारी कार्यक्रमहरुमा सम्भव भएसम्म एकरुपता ल्याउने कार्यलाई अगाडि वढाइने छ ।
- कर्मचारीहरुको मापदण्ड बनाई Right man in right place at rigt time र चक्रिय सरुवा जस्ता दुवै प्रणालीलाई आवश्यकता अनुसार प्रयोगमा ल्याई कार्यान्वयन गरिनेछ वडाहरुको कार्यवोझका आधारमा कर्मचारीहरुको तह कर्मचारीको संख्या निर्धारण गरी परिचालन गरिनेछ, साथै अन्तरशाखा समन्वयलाई प्रभावकारी र व्यवस्थित बनाईने छ ।
- नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरुको ले‐आउट, रंगरोगनमा एकरुपता ल्याईने छ।
- घण्टाघर पार्क दक्षिण पट्टि म.प. विश्वविध्यालयको उत्तर तर्फको क्षेत्रलाई IT Zone park को रुपमा विकास गरि खुला अध्ययनको क्षेत्रको रुपमा विकास गरिनेछ।
- वीरेन्द्रनगर नगरपालिकाको सञ्चार नीति स्वीकृत गरि कार्यन्वयन गरिनेछ यसका लागि पत्रकार महासंघको समन्वय र सहकार्यमा कार्यक्रमलाई अगाडि वढाईने छ र साथै पूर्वाधार विकास र पत्रकारहरुको उत्प्रेरणाका लागि आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य गरिनेछ।
- नगरपालिकाका विकासका आयोजना छनोट गर्दा नागरिक संलग्नता नीतिको आधारमा गरिने छ । विकासलाई समावेशी तथा सवैको पहंच योग्य बनाईनेछ ।
- सूचना तथा प्रविधि तर्फ
- वीरेन्द्रनगर नगरपालिकालाई आधुनिक, स्मार्ट, समावेशी र दक्ष सेवा प्रदायक संस्थाको रूपमा विकास गर्दै IT हब का रूपमा स्थापित गर्नका लागि योजना बनाई कार्यान्वयन गरिने छ ।
- एकीकृत सेवा प्रणालीको स्थापना गरी नागरिक सेवाहरूलाई एकै द्वार सेवा (One-door Service), एकै स्थान सेवा (One stop service), विद्युतीय सरकार (प्रणालीमार्फत नगरवासीलाई अझ छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरिने छ।
- नगरपालिकालाई डिजिटल नगरपालिकाको रूपमा रूपान्तरण गरी सम्पूर्ण प्रशासनिक प्रक्रिया डिजिटल प्रणालीमा रूपान्तरण गर्ने जस्तै फाइल ट्र्याकिङ सिस्टम (DMS), ई-दस्तावेज हस्ताक्षर प्रणालीको प्रयोग गरी आन्तरिक तथा बाह्य पत्राचारमा डिजिटल माध्यमको प्रयोगलाई थप व्यवस्थित गरिने छ ।
- सूचना व्यवस्थापन प्रणालीको विकास गर्ने जस्तै IMIS ( Integrated Municipality Information System) र GIS (Geographical information system) प्रणाली लागू गरी कर्मचारी कार्य प्रदर्शन अनुगमन प्रणाली संचालनमा ल्याईने, गुनासो व्यवस्थापन प्रणालिको विकास Digital apps समेतको प्रयोग बाट गुनासो संकलन गरि सो को व्यवस्थापन गरिनेछ ।
- डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तार गरी कर, सेवा शुल्क लगायत सबै भुक्तानी प्रणालीलाई ई-भुक्तानी जस्तै मोबाइल बैंकिङ, क्युआर कोड, Connect IPS जस्ता प्रणालीको एकीकरण प्रणालीबाट सञ्चालनमा ल्याउने छ।
- ई–सेवा प्रणालीको विकास गरी नागरिकलाई विभिन्न सेवाहरू जन्म/मृत्यु दर्ता तथा प्रमाणपत्र, घरजग्गा सम्बन्धी प्रमाणपत्र, सिफारिस/अनुमति पत्रहरू कर विवरण तथा भुक्तानी प्रणाली अनलाइनबाट उपलब्ध गराईने छ ।
- वीरेन्द्रनगरलाई IT हबको रूपमा विकास गरी सूचना प्रविधि पार्क (IT Park) स्थापना, IT यूवा उद्यमशीलता प्रोत्साहन (स्टार्टअप इन्क्युबेसन सेन्टर), स्थानीयस्तरमा IT तालिम र सीप विकास कार्यक्रम गरी रोगारीको सिर्जना गरिने छ।
- न्यायिक सेवा तर्फ
- नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन प्रचलित कानून र न्यायका मान्य सिद्धान्तका आधारमा स्थानीय स्तरमा उत्पन्न हुने विवादको समाधान छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्वन गरी वीरेन्द्रनगर नगरपालिकाभित्र बसोबास गर्ने आर्थिक रुपले विपन्न तथा असहाय व्यक्तिहरु सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित गर्ने निःशुल्क कानूनी सहायता एवम् सेवाको व्यवस्था गरिनेछ ।
- कानूनी परामर्शलाई वडास्तरसम्म विस्तार गर्न कानूनी परामर्श सेवा प्रदायक संस्थासंग प्रतिष्पर्धाको माध्यमबाट सेवा खरीद गरी जनताको कानूनी सेवामा सहजीकरण गरिनेछ।
- न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने विषय/मुद्दाहरुमा कानून व्यवसायीद्वारा मुद्दा दर्ता, बहस पैरवी गर्न पाउने विषय लगायतको व्यवस्था मिलाई कानूनी उपचारको सुनिश्चितता गरिनेछ ।
- नगरवासीको न्यायमा पहुँच स्थापित गर्न आर्थिक रुपले विपन्न तथा असहाय व्यक्तिहरु महिला, जेष्ठ नागरिक र अपांग लगायतलाई निःशुल्क कानूनी सहायताको व्यवस्था गरिनेछ ।
- आर्थिक रुपमा कमजोर पीडित पक्षलाई नगरपालिकाको तर्फबाट निःशुल्क कानूनी सेवा प्रदान गरिनेछ। न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने मुद्दाहरुमा कानून व्यवसायीद्वारा मुद्दा दर्ता बहस पैरवी लगायतको कानूनी उपचारको लागी वैतनिक वकिल मार्फत न्यायको सुनिश्चितताको गरिनेछ ।
- विवादको समाधान सकेसम्म मेलमिलापको माध्यमबाट गर्न वडास्तरीय मेलमिलाप केन्द्र सञ्चालनलाई विशेष जोड दिईने छ।स्वच्छता, निष्पक्षता, निश्चितता, समानता र समन्याय सहितको अनुमानयोग्य न्यायिक पद्धति आत्मसात् हुनेगरी वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाद्वारा स्थानीय कानून तर्जुमा गर्ने, साथै न्यायिक समितिबाट भएका मिलापत्र वा निर्णय कार्यान्वयनलाई विशेष प्राथमिकता दिईने छ।
- विपन्न वस्ती तथा वडाहरुमा न्यायिक समितिको कार्य सम्पादन सम्बन्धमा अनुशिक्षण गरी विपन्न वर्गलाई निःशुल्क कानूनी उपचार प्राप्त गर्नका लागि उत्प्रेरित गरिनेछ। न्यायीक समितिको कार्यसम्पादनमा विद्युतीय प्रणालीको माध्यम र सूचना प्रविधिको प्रयोग गरी न्याय सम्पादनको कार्यलाई सरल, सहज र पहुँचयोग्य बनाइ शिघ्र न्याय सम्पादनमा जोड दिइनेछ।
- अन्तरपालिका तथा न्याय सम्पादनसँग सम्बन्धित निकायहरुसँग निरन्तर रुपमा अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरी न्यायिक समितिको कार्यसम्पादनलाई क्रमशः परिस्कृत गरिनेछ | नगरपालिकाका सूचिकृत मेलमिलापकर्ताहरुलाई वडा स्तरमा विवाद समाधानका लागि परिचालन गरिनेछ।
- कर्णाली प्रदेश भित्र रहेका सवै स्थानीय तहहरुमा रहेका न्यायिक समितिहरुको अनुभवलाई एक आपसमा आदनप्रदान गर्नका लागि कर्णाली प्रदेश स्तरिय न्यायिक सम्मेलन गरिनेछ।
ठ. पूर्वाधार विकास क्षेत्र तर्फ
- भेरी लिफ्टिङ खानेपानी आयोजनालाई तिव्रता पूर्वक निर्माण गरी सम्झौता अवधि २ वर्ष भित्रै सम्पन्न गरिने छ ।साथै खानेपानीको वैकल्पिक स्रोतको रुपमा रहेको डिप बोरिङमा रिजर्भ्वायर ट्यांकी निर्माण गरी नयाँ खन्ने कार्यलाई निरुत्साहित गरिनेछ साथै नयाँ वोरिङ खन्ने कार्यलाई आवश्यकता पहिचान गरी अनुमति दिइनेछ।
- वीरेन्द्ननगर नगरपालिकाको नगर गौरवको आयोजना घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिण पार्क तथा पार्किङ निर्माण गोदामलाईन पार्किङ निर्माण तथा फुटपाथ व्यवस्थापन कार्य यसै बर्ष सम्पन्न गरि पर्यटन पूर्वाधार तथा बजार व्यवस्थापन कार्य पुरा गरिनेछ ।
- वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा रहेको १५ शैयाको नगर अस्पताललाई यसै आ.व. भित्र सम्पन्न गरि सेवा प्रवाहको कार्यलाई अंझ प्रभावकारी ढंगबाट सुचारु गरिनेछ।
- घण्टाघर पार्क क्षेत्रमा स्वच्छ खानेपानीका लागि वाटर एटिम प्रणालि जडान गरिनेछ।
- पर्यटकिय क्षेत्र बुलबुले उध्यान बुलबुले ताल संरक्षण चोक सुधार कार्यक्रम मार्फत चोक चौतारा संरक्षण कार्यलाई थप निरन्तर दिदै नगरलाई व्यवस्थित गरिनेछ।
- नगरपालिका भित्रको चक्रपथ निर्माण कार्य प्रदेश सरकारसंगको समन्वयमा व्यवस्थित गर्दै निर्माण कार्यमा सहजीकरण गरिनेछ।
- धार्मिक पर्यटकीय क्षेत्र सुर्खेतको देउती बज्यै, लाटिकोईली शिव मन्दिर गढि क्षेत्रको विकासमा तिव्रता दिइनेछ।
- वीरेन्द्रनगर नगरभित्रका खुला स्थानहरुलाई समावेशी पार्कको रुपमा विकास गर्दै महिला मैत्री तथा समावेशी शहर निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
- उज्यालो नगर कार्यक्रम अन्तर्गत हाइमास्क लाईट जडान सोलार बत्ति जडान र विजुली बत्ति जडान कार्यलाई थप विस्तार गर्दै सडकलाई उज्यालो, व्यस्थित र सुरक्षित बनाइनेछ ।
- वीरेन्द्रनगर नगरपालिका परिसरलाई सेवाग्राही मैत्री बनाउन आवश्यक पूर्वाधार निर्माण गरिनेछ । नगरपालिकाबाट हुने नक्सापास कार्यमा EBPS लागू गरी कार्यालयलाई पेपरलेस बनाउने अभियानको सुरुवात गरिनेछ।
- वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र सर्वसुलभ नगर यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरी यसै वर्ष देखि नगरवस सञ्चालन गरिनेछ।
- सडक गुरुयोजनालाई पूर्ण पालना गरी तोकिएको मापदण्ड अनुसार सडक पूर्वाधार विस्तार गरिनेछ ।नगरपालिका क्षेत्रका पर्यटन पूर्वाधारमा पिकनिक स्पट, खानेपानी तथा शौचालयको थप विकास गरी आधुनिकता प्रदान गरिनेछ।
- वीरेन्द्रनगर नगरपालिका वडा नं. १० मा रहेको भेरी आर्यघाटलाई निर्माण सम्पन्न गरी आधुनिक घाटको रुपमा विकास गरिनेछ।
- वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको वीरेन्द्र चोकमा ट्राफिक लाइट जडान कार्य सम्पन्न गरिनेछ। साथै अन्य चोकहरुमा विस्तार कार्यलाई निरन्तरता दिईनेछ।
- रत्न राजमार्गमा भईरहने दुर्घटना जोखिमलाई न्यूनिकरण गर्न मंगल गढी चोकमा आकाशे पुल निर्माण कार्यलाई सम्पन्न गरिनेछ।साथै एरिचोक, एअरपोर्ट चोक विस्तारलाई निरन्तरता दिईनेछ।
- उत्तरी जलाधार क्षेत्रहरुमा वाटर रिचार्ज (Water Recharge) पोखरीहरु निर्माण कार्यलाई निरन्तरता दिईनेछ।
- वीरेन्द्रनगर नगरपालिका भित्र हुने निर्माण कार्यलाई गुणस्तरीय बनाउन डकर्मी तालिम सञ्चालन गरिनेछ।उपत्यका भित्रका खोलाहरुमा करिडोर निर्माण गर्न खोला क्षेत्राधिकार एकिन गरी तटबन्धन गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई निरन्तरता दिईनेछ।
- वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र निर्माण हुने भवनमा आकाशे पानी, भान्सा कोठाको पानी र बाथरुमको पानी ब्यवस्थापनको लागि कम्तिमा १*१*१ को Water Recharge गर्न ब्यवस्थापन गर्न घर धनीलाई प्रोत्साहन गरिनेछ।
- वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्रका सडकहरुको नियमित तथा पटके मर्मत कार्य गर्न सडक मर्मत युनिट गठन गरी कार्यान्वयन गरिनेछ।
- प्रदेश राजधानीको रुपमा रहेको वरिन्द्रनगर नगरपालिकाको बढ्दो सवारीचाप लाई व्यवस्थित गर्न सिटी बसपार्क विस्तार कार्यलाई सम्पन्न गरिनेछ साथै लामो दूरीका सवारी व्यवस्थापनका लागि कर्णाली बसपार्क निमार्ण कार्यलाई यथासिघ्र सुरुवात गरिनेछ।
- ल्याण्डफिल साइट पूर्वाधार निमाणलाई निरन्तरता दिईनेछ।वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न स्थानहरुमा आवश्यकता पहिचान गरी अटो भिलेजको रुपमा विकास गरिनेछ।
- सार्वजनिक स्थानहरूमा शौचालय निर्माण कार्यलाई आवश्यकतानुसार निरन्तरता दिइनेछ।
- वीरेन्द्रनगर नगरपालिका अन्तर्गत गुरुयोजनामा समेटिएका सडकहरूको लगतकट्टा कार्यको शुरुवात गरिनेछ ।
- वीरेन्द्रनगर नगरपालकाका सरकारी जग्गा संरक्षणको अभियानलाई अगाडि वढाउंदै सडक छेउछाउमा खुला पार्किङको कामलाई निरन्तरता दिइनेछ ।
- शिक्षा, युवा तथा खेलकुद विकास तर्फ
- वीरेन्द्रनगर नगरपालिकालाई कर्णाली प्रदेश कै शैक्षिक हवको रुपमा विकास गरि उत्कृष्ट शैक्षिक केन्द्र बनाउने दूरदृष्टिका साथ निर्माण गरिएको १० बर्षे शैक्षिक रणनीतिको आधारमा शिक्षासम्बन्धी बजेट तथा कार्यक्रमहरु क्रमशः तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
- वीरेन्द्रनगर नगरपालिका र मध्य पश्चिम विश्वविध्यालय विच वीरेन्द्ननगर नगरपालिकाको वृहत शैक्षिक सुधार तथा अध्ययन अनुसन्धानका विषयमा भएको दोहोरो समझदारी अनुरुप विभिन्न गतिविधिहरु अघि वढाइनेछ ।
- वीरेन्द्रनगर नगरपालिका भित्रका गरिव तथा जेहेन्दार छात्रछात्राहरुको उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले मध्यपश्चिम विश्व विध्यालयमा वीरेन्द्रनगर उच्च शिक्षा शैक्षिक छात्रवृति कोष स्थापना गरिनेछ।
- वीरेन्द्रनगर नगरपालिकाका पदाधिकारीहरुर विश्वविध्यालयका पदाधिकारीहरु सहित विभिन्न विश्वविध्यालयहरुमा भएका ज्ञान सीप दिगो विकास र श्रोत व्यवस्थापनका सिकाईमा आधारित अध्ययन अवलोकन भ्रमण गरि प्राप्त सिकाईहरुलाई नगरपालिकाको वृहत हितमा उपयोग गरिनेछ।
- नगरपालिकाका सवै वडाहरुमा महिला वालवालिका विपन्न सहयोग अपेक्षाकृत समुदायका विभिन्न पक्षमा कानूनी साक्षरता एवम् सहयोग, नगरपालिका भित्र मेरो पकेट मेरो डस्टविन कार्यक्रमको चेतना अभियान पर्यावरणिय तथा दिगो विकास र व्यवस्थापनको क्षेत्रमा अनुसन्धान, आवश्यक विभिन्न विषयमा तालिम योजना तथा नीति तर्जुमा एवम् कार्यान्वयन, भौतिक पूर्वाधारको परामर्श, सामुदायिक विध्यालयमा अतिरिक्त शिक्षण अभ्यास लगायतका विविध क्षेत्रहरुमा मध्यपश्चिम विश्वविध्यालय संग आपसी सम्झौताका आधारमा कार्यक्रम सञ्चालन गरिनेछ ।
- कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट प्रदेश राजधानी वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविध्यालयमा उच्च शिक्षा अध्यनरत विध्यार्थीहरुका लागि उपयुक्त ठाउंमा नगरपालिका र नगरविकास समितिमको स्वामित्वमा रहने गरि छात्रवास निर्माणका लागी आवश्यक जग्गा व्यवस्थापन सहित प्रक्रिया अगाडि वढाइने छ।
- वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा स्थायी बसोवास गर्ने लक्षित उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई आधारभूत र माध्यमिक शिक्षामा पहुँच अभिबृद्धि गरी विद्यालयमा निरन्तरता दिन म बनाउछु, मेरो नगर शिक्षा विकास कोषलाई निरन्तरता दिई प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
- विद्यार्थी र शिक्षकको अनुपात एवम् आवश्यकताका आधारमा विद्यालय समायोजन तथा पुनर्वितरण तथा प्रधानाध्यापक व्यवस्थापन सहित दरबन्दी मिलान गर्ने नीतलाई यस आर्थिक बर्षमा प्राथमिकतामा राखिनेछ।
- अंग्रेजी, गणित तथा विज्ञान विषयमा रहेको शिक्षक अभावलाई पूर्ति गर्नका लागि स्थापित नगरपालिका स्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र नतिजामुलक ढंगले सञ्चालन तथा व्यवस्थापन गरिनेछ साथै म.प. विश्वविध्यालय संग समन्वय गरि मोबाइल शिक्षक र सुत्केरी शिक्षकको सट्टा विदाको व्यवस्थापन गरिने छ
- घर बलियो जगले, विद्यालय बलियो बाल विकासले भन्ने आदर्श वाक्यका साथ प्रारम्भिक बाल विकास कक्षाहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने नीतिलाई कार्यान्वयन गरिनेछ ।
- सबै माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा एन.सि.सि., जुनियर रेडक्रस र नेपाल स्काउट सम्बन्धी कार्यक्रमहरु सञ्चालन तथा व्यवस्थापन गर्न सहजीकरण गरिनेछ ।
- कक्षा ८ सम्म हामी र हाम्रो वीरेन्द्रनगर नामको स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
- विद्यालयहरुमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलाप, खेलकूद, संगित, योग र ध्यान, करियर गाइडेन्स तथा मनोपरामर्श जस्ता सीपहरुको विकास गर्ने कार्यमा आवश्यक सहजीकरण गरिने नीति अबलम्बन गरिनेछ ।
- सामुदायिक विद्यालयहरुलाई डिजिटलाइज्ड बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
- वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बसोवास गर्ने लक्षित उमेर समूहका प्रौंढहरुलाई साक्षर गराउनका लागि सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता कक्षा सञ्चालन गर्ने कार्यमा आवश्यक सहजीकरण गरिनेछ ।
- मध्यपश्चिम विश्वविद्यालयसंगको साझेदारी र सहकार्यमा शिक्षक मेन्टरिङ कार्यक्रम तथा शिक्षक र कर्मचारीको क्षमता विकास तथा पेसागत सहायताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- आधारभूत शिक्षा परीक्षा (कक्षा ८ को परीक्षा) लाई थप नियमित, व्यवस्थित प्रतिष्पर्धी गराउन आवश्यक कार्य अवलम्बन गरिनेछ । नगरपालिकाको शैक्षिक गुणस्तर उन्नयनमा आवश्यक सहयोग गर्नका लागि विभिन्न विषयका विषयविज्ञहरु सम्मिलित वीरेन्द्रनगर थिङ्क ट्याङ्क स्थापना र परिचालन गरिनेछ ।
- माध्यमिक विद्यालयहरुमा विद्यालयमा स्टेम एजुकेशन (STEM Education) लाई प्रबर्धन गर्नका लागि विज्ञान, सूचना प्रविधि, संगित र गणित विषयको प्रयोगशालाको निर्माण र कार्यान्वयन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ ।
- सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक, कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुका लागि निशुल्क दिवा खाजा केन्द्रीकृत र स्थानीय उत्पादनमा आधारीत बनाउने, आधारभूत तहका बालिका र दलित विद्यार्थीलाई छात्रवृत्ति र किशोरीहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरण र प्रयोग गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गरिनेछ ।
- विद्यार्थी चाप बढी भएका र शून्य दरबन्दी भएका विद्यालहरुमा स्वयम् सेवक शिक्षक व्यवस्थापनका लागि अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिई आगामी आर्थिक बर्षमा थप सहायता प्रदान गरिने नीति अवलम्बन गरिनेछ ।
- श्रम शोषणमा परेका, अभिभावक विहिन तथा आर्थिक रुपमा अति विपन्न एवम् सिमान्तकृत अभिभावकका बालबालिकाहरुलाई निःशुल्क रुपमा माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने उद्देश्यले नगरपालिका अन्तर्गतको एउटा सामुदायिक माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गरिनेछ ।
- विद्यालयको भौतिक पक्षमा सुधार गर्न र बालबालिकाका लागि उपयुक्त सिकाइ वातावरण निर्माणका लागि नगर प्रमुख शैक्षिक पुर्वाधार विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
- विद्यार्थीको सिकाइमा देखिएको क्षति कम गरी सिकाइमा बढोत्तरी गर्न सिकाइ आपूरण एवम् द्रुत सिकाइ योजना (ReAL Plan) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुको सेवा क्षेत्रमा रहेका बालबालिकाहरुलाई विद्यालयमा पहुँचको सुनिश्चितता गर्न आवश्यक सहजीकरण गरिनेछ ।विद्यालय उमेर समूहका विद्यालय शिक्षाको पहुँचमा आउन नसकेका बालबालिकाहरुलाई विद्यालयमा लैजान आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- यस नगरपालिका अन्तर्गत सञ्चालित विशेष विद्यालय र स्रोत कक्षा सञ्चालन भएका विद्यालयहरुको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सहजीकरण गरिनेछ।
- युवाको उमेर समूह (१६–४० बर्ष) को आवश्यकतालाई दृष्टिगत गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
- समाजमा विद्यमान गरिबी, अशिक्षा, छुवाछुत, कुरीति, लैङ्गिक हिंसा, विभेद र विषमता एवम् विपद् जस्ता समस्या वा जोखिम हटाउन युवा परिचालन गर्ने नीति लिइनेछ ।
- युवासंग उधमशिलत कार्यक्रम मार्फत युवाहरुको सर्वाङ्गिण विकास गर्ने कार्यक्रम लागू गरिने छ।यसमा स्वदेशमा नै सम्भावना देख्नेहरुको लागि आवश्यकता, महत्व र विशिष्टताका आधारमा कार्यक्रमहरु सञ्चालन गरिनेछ।यसमा महिला, दलित, जनजाति र विपन्नलाई प्रोत्साहित गरिनेछ ।
- वीरेन्द्रनगर नगरपालिकाको प्रतिनिधित्व गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्न सफल खेलाडीहरुको प्रोफाइल तयार गरी नगरपालिकाको तर्फबाट सम्मान गरिनेछ।
- विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकुद क्षेत्रमा विकास गर्नका लागि नगरपालिकामा सञ्चालित सबै सामुदायिक माध्यमिक विद्यालयहरुमा खेलकुद प्रशिक्षकको विस्तार एवम् व्यवस्थापन गरिनेछ।
- स्वास्थ्यका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ नगरपालिका स्तरमा राष्ट्रपति रनिङ सिल्ड, वीरेन्द्रनगर कप लगायतका विभिन्न खेलहरु सञ्चालन गर्ने कार्य गरिनेछ ।
- नगर खेलकुद तथा नगर युवा परिषद् मार्फत खेलकुद तथा युवा केन्द्रित गतिविधिहरु अगाडि वढाइनेछ ।
- दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण,तालिम लगायतका अन्य व्यवस्थापकीय कार्यमा नगरपालिकाको तर्फवाट सहयोग गरिनेछ।कर्णाली प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै पदक हासिल गर्ने खेलाडिलाई नगद सहित प्रोत्साहित गरिनेछ।
- महिला , बालबालिका तथा जेष्ठ नागरिक तर्फका
- बालमैत्री नगर घोषणा गर्न आवश्यक सूचकहरु पूरा गरी बालमैत्री नगरपालिका निर्माणका लागि अभियानात्मक रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ।यसका लागि वालमैत्री स्थानीय शासन घोषणाका सूचकहरु पुरा गरि घोषणाका लागि आवश्यक पूर्वाधार निर्माण बर्षको रुपमा कार्यान्वयन गरिनेछ ।
- महिलाहरुको सर्वाङ्गीण उत्थान तथा सबलिकरणमा विशेष ध्यान दिईनेछ।साथै महिला , बालबालिका माथि हुने घरेलु हिंसा अन्त्यका लागि समूदाय स्तरमा बहस, पैरवी तथा सचेतनामूलक अभियान कार्यक्रमहरु संचालन गरिनेछ।
- सामाजिक कुरीति , हानिकारक अभ्यास र कुसंस्कार विरुद्ध अभियानात्मक र प्रचारात्मक कार्यक्रमहरु संचालन गरी समृद्ध न्याय र समतामूलक समाज निर्माण तर्फ उन्मुख गराईनेछ।
- महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यावसायिक सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराईनेछ।
- नगरपालिकाबाट गठन हुने बालबालिकाहरुसंग सरोकार राख्ने विभिन्न विकासात्मक समितिहरुमा, स्वास्थ्य ,शिक्षा योजनाहरुमा बालबालिकाहरुलाई आमन्त्रित सदस्यको रुपमा सहभागि गराईनेछ ।
- जोखिममा रहेका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुलाई विशेष संरक्षण र सहयोग गरिनेछ।
- लैङ्गिक समानता अपाङ्गता तथा सामाजिक समावेशिकरणमा विशेष जोड दिईनेछ।लै.स.अ.सा,स. लाई नगरपालिका सञ्चालन गरिने कार्यक्रमहरुमा आन्तरिकीकरण गरिनेछ।
- जेष्ठ नागरिकहरुको सम्मानको लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ।जेष्ठ नागरिक दिवा सेवा केन्द्रहरुको अनुगमन गरी आवश्यकता अनुसार व्यवस्थापन गरिनेछ।
- सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्ने गरी विशेष कार्यक्रमहरु संचालन गरिनेछ।
- विगत देखि नगरपालिकाबाट सञ्चालन हुदै आएको नगरको छोरी बचत खातालाई थप परिमार्जन सहित निरन्तरता दिईनेछ।
- सुरक्षित आवास गृहको प्रभावकारी सञ्चालनका लागि कानून निर्माण गरिएकोले सो को प्रभावकारी कार्यान्वयन गरिनेछ।लैङ्किक हिंसा निवारण कोष सञ्चालन कार्यविधि निर्माण गरिएकोले सो को पूर्ण कार्यान्वयन गरिनेछ ।
छ) स्वास्थ्य तर्फ
- “सरसफाई र स्वास्थ जीवनशैली हाम्रो रहर, स्वास्थ्य सेवामा सबैको पहुँचयुक्त वीरेन्द्रनगर” भन्ने मुल नाराका साथ, प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याइने छ।
- जनस्वास्थ्यको विवरण लिन र स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउन सबैको घर दैलोमा गई वीरेन्द्रनगर स्वास्थ्य सन्देश कार्यक्रम सञ्चालन गरिने छ।
- जिल्ला रेडक्रस शाखा सुर्खेत र ब्लड बैंक संगको समन्वयमा वीरेन्द्रनगर नगरपालिका भित्र का विरामीहरुलाई आवश्यक परेको खण्डमा निशुल्क रगत प्राप्त गर्ने व्यवस्था मिलाईनेछ ।
- नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा उपलब्ध गराईने छ ।
- यस नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको महिला तथा बालबालिका नगर अस्पताललाई स्तरोन्नती गरी स्वास्थ्य वीमा कार्यमक्रमको सुरुवात गरिनेछ। साथै प्रदेश अस्पताल संग समन्वय गरी थप विज्ञ सेवा संञ्चालन गरिने छ।
- स्वास्थ्य संस्थाहरुलाई बालवालिका, किशोर किशोरी, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, अपाङ्ग मैत्री, बनाउंदै लगिनेछ ।
- गर्भवति महिलाहरुको निःशुल्क भिडियो एक्सरे सेवा संचालनलाई निरन्तरता दिन सामुदायीक भिडियो एक्स-रे सेवा सञ्चालन गरिनेछ।
- यस पालिका अन्तरगतका वर्थिङ्ग सेन्टरबाट सुत्केरी हुने महिलाहरुका लागि नगर प्रमुख सुत्केरी पोषण कोशेली कार्यक्रम लागू गरिने छ। गर्भवति महिलालाई प्रसुति सेवाको लागि निःशुल्क एम्बुलेन्स सेवा तथा सुत्केरी महिलहरुलाई घरमै गै स्वास्थ्यकर्मीहरु द्वारा निःशुल्क उत्तर प्रसुती जाँच तथा परामर्श सेवा दिइने छ ।
- हेलो गर्भवती आमा कार्यक्रमलाई अझ व्यवस्थित गराईने छ।पहूंच नपुगेका क्षेत्रहरुको पहिचान गरि पहूंचको विकास गरिनेछ।
- अति विपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य वीमाको कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- किशोरी तथा महिलाहरुको मर्यादित तथा सुरक्षित महिनावारी सुनिश्चित गर्ने उद्देश्यले नगर अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट वितरण गरिएको निःशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिइनेछ ।
- महिलाहरुका स्वास्थ्य समस्याहरुको पहिचान, निदान तथा उपचार गर्नका लागि नियमित तथा बिशेष शिबिरहरु मार्फत प्रत्येक वडाको स्वास्थ्य संस्थाहरुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खस्ने समस्याको जाँच, स्तन क्यान्सरको जाँच तथा फिस्टुलाको जाँच र परामर्श को कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड अनुरुप नियमित रुपमा लेखाजोखा गरी कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिने छ ।
- डिजिटल गुनासो पेटिका सञ्चालन गरी सेवाग्राहीको स्वास्थ्य सेवा सम्बन्धी गुनासोलाई सम्बोधन गरी गुणस्तरीय सेवा प्रवाह गरिने व्यवस्था मिलाईने छ।
- मानसिक स्वास्थ्य तथा लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम समुदाय स्तर, विद्यालय र सुधारकेन्द्रहरुमा सञ्चालन गरिने छ ।
- स्वच्छ बिद्यालय वातावरण, बिद्यालय पोषण, जुकाको औषधि वितरण, स्क्रिनिङ तथा स्वास्थ्य परीक्षण सेवा, किशोर किशोरी तथा प्रजनन् स्वास्थ्य सेवा जस्ता बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिनेछ र यी कार्यक्रमलाई प्रभाबकारी बनाउनका लागि विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिईनेछ।नीजि तथा संस्थागत माध्यामिक तहका विद्यालयहरुमा विद्यालय नर्स स्वयं विद्यालयले नै व्यवस्थापन गर्ने गरी प्रक्रिया बढाईने छ ।
- नगरपालिकाको एकीकृत स्वास्थ्य सूचना प्रणालीमा सूचनाको शुद्धता, समयबद्धता र पूर्णतामा निगरानी गरी गुणस्तरीय बनाइनेछ।साथै यस वर्ष सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा e-HMIS विस्तार गरिने छ।
- उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटुरोग, अर्वुदरोग, दम, मोटोपना र मानसिक स्वास्थ्य समस्या जस्ता नसर्ने रोगहरुको स्क्रिनिङ्गका लागि स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिने छ।साथै वडाका आधारभूत स्वास्थ्य संस्थाबाट जेष्ठ नागरिकहरुका लागि विशेष एकिकृत अभियान कार्यक्रम संचालन गरिने छ।
- दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्म स्वास्थ्यका सूचाङ्कहरु पुरा गर्न जनस्वास्थ्य सम्बन्धी विभिन्न किसिमका क्रियाकलापहरु सञ्चालन गरिने छ।
- सरुवारोग, महामारी, प्राकृतिक प्रकोप तथा बिपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य एवम् पुनःस्थापनाको एकिकृत रुपमा व्यवस्थापन गरिने छ।
- खोप कार्यक्रमलाई निरन्तरता दिदै खोपबाट बचाउन सकिने रोगहरुको निगरानी गरी पूर्ण खोप पालिका दिगोपना र सुनिश्चितता कायम गरिने छ।
- नगर भित्र रहेका थारु समुदायमा सिकलसेल एनिमिया रोगको परीक्षण तथा उपचार गर्न कर्णाली प्रदेश अस्पताल संग सहकार्यलाई निरन्तरता दिइनेछ।
- नगरपालिका अन्तर्गत टाढा भएका वडाहरु तथा सुकुम्वासी क्षेत्रहरुमा विशेषज्ञ सहितको मानसिक स्वास्थ्य उपचार आमा स्वास्थ्य शिशु पोषणा दाँत, आँखा, कान सहित एकिकृत स्वास्थ्य शिवीर संचालन गर्ने व्यवस्था मिलाईने छ।
- आर्युवेदिक पद्धतिलाई पनि जनसमुदायको पहुँचमा पुर्याउन आयुर्वेदिक शिविर सञ्चालन तथा आरोग्य केद्रहरुलाई थप सुविधा सम्पन्न गराईने छ।
- स्तनपान कक्ष तथा पोषण कर्नर नभएका स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्षको व्यवस्थापन गरिने छ।
- अति विपन्न नागरिकहरुलाई वडाको सिफारिसमा सम्बन्धित अस्पतालमा निःशुल्क औषधि उपचारका लागि सिफारिस गरिनेछ।साथै तोकिएका दिर्घ रोगिहरुलाई मासिक औषधि उपचार खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईनेछ।
- नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको नियमन, नियमित अनुगमन, मूल्यांकन गरिने कार्यलाई प्राथमिकतामा राखिनेछ।
- स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच र उपयोग बृद्धि गर्नका लागि नमस्ते आमा समूह कार्यक्रम सञ्चालन गरी स्वास्थ्य आमा समूहलाई पुर्नजागरण गरिने छ।
- कार्यसम्पादनका आधारमा स्वास्थ्य संस्थाहरु र स्वास्थ्य कर्मचारीहरुको मूल्यांकन गरी उच्च कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र कर्मचारीलाई पुरस्कृत तथा प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ।
- पोषण प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी बनाउन वडा स्तरबाटै महिला स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियतामा वृद्धि अनुगमन कार्य तथा कुपोषित बालबालिकालाई सर्वोत्तम पिठो वितरणको व्यवस्था मिलाईने छ ।
- नगरपालिकामा मनोपरामर्श सेवा कक्ष स्थापना गरी समुदाय स्तर सम्म मनोपरामर्श सेवा दिने व्यवस्था मिलाईने छ।
- सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता तर्फ
- ब्यक्तिगत घटना समयमा नै गर्नका लागि प्रचार प्रसार तथा घटना दर्ता शिविर सत्र्चालन गरि घटना दर्ता शतप्रतिशत पुर्याई पूर्ण रुपमा घटना दर्ता पालिका घोषणा गरिने छ साथै ब्यक्तिगत घटना दर्ताका हस्त लिखित रजिष्टरहरु डिजिटाइजेशन गरिने छ।
- स्थानीय पञ्जीकाधिकारीहरुलाई समय समयमा अभिमुखीकरण तालिम प्रदान गरी दक्षतामा सुधार गरिने छ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको Biometric Verification अनिवार्य रुपमा गरिने छ।
- सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई बैंक खातामा नियमानुसारको भत्ता रकम Electronic Fund Transfer (EFT) मार्फत भुक्तानी गरिने छ ।
- कृषि विकास तर्फ
- “वीरेन्द्रनगरको अठोट पकेट क्षेत्रमा जोड” भन्ने नारा अनरुप नगरपालिकाले निर्धारण गरेका विभिन्न बालीका पकेट क्षेत्र अनुसार उत्पादन हुने बालीलाई प्राथमिकतामा राखी सोही बमोजिम बाली वस्तुहरुको पकेट क्षेत्र निर्माण तथा विस्तारका लागि कार्यक्रम संचालन गर्ने नीति अबलम्बन गरिनेछ ।
- “सिंचाईमा लगानी कृषकलाई आम्दानी” भन्ने नाराका साथ कृषि पूर्वाधार अन्तर्गत सिँचाई सुविधा नपुगेको जमिनमा सिंचाई सुविधाको लागि साना सिँचाई कार्यक्रम संचालन गरी सिंचित क्षेत्रफल बढाउने नीति अवलम्बन गरिनेछ।
- “कृषिजन्य वस्तुको आयात घटाउ स्थानीय उद्यमी बढाँउ”भन्ने नाराका साथ वीरेन्द्रनगरमा व्यवसायिक रुपले कृषिजन्य व्यवसाय गरिरहेका किसानहरुको स्तर उन्नतीका लागि माग बमोजिमका कार्यहरुमा अनुदानका कार्यक्रम संचालन गरिनेछ।
- “साना किसानको पहिचान विपन्न लाई अनुदान” भन्ने नारा अनुरुप विपन्न किसानहरुको लागि कृषि क्षेत्रको पूँजी तथा प्रबिधिमा विशेष प्रकारका अनुदानको व्यवस्था गरिनेछ।
- “वीरेन्द्रनगरको रहर विषाधीमुक्त सहर” भन्ने नारा अनुरुप प्राङ्गारीक खेती प्रोत्साहनका लागि जैविक मल तथा जैविक विषादि निर्माणमा प्रोत्साहनका कार्यक्रम संचालन गरिनेछ र तरकारी तथा फलफूलमा द्रुत विषादि अवशेष परीक्षण कार्यलाई तिब्रता दिने नीति अबलम्बन गरिनेछ।
- “वीरेन्द्रनगरको खेती जलवायू मैत्री प्रबिधि” भन्ने नारा अनुरुप जलवायु तथा वातारण मैत्री कृषि उत्पादनका प्रबिधिहरु अबलम्बन गरी जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने नीति अबलम्बन गरिनेछ।
- “बिउमा परनिर्भरता घटाँउ स्थानीय बिउ बचाँउ” भन्ने नाराका साथ नगर भित्रै गुणस्तरीय खाद्यान्न तथा तरकारी बिउ उत्पादन वा रैथाने बिउ संरक्षणका लागि कृषक समूह तथा कृषि सहकारीलाई बिउ उत्पादन कार्यमा सहयोग गर्ने नीति अबलम्बन गरिनेछ ।
- “हाम्रो रहर कौशि खेतीको सहर” भन्ने नारा लाई आत्मसात् गर्दै नगरपालिका भित्रका शहरीकरण भैरहेको वडाहरुको अवस्थालाई मध्यनजर गर्दै पोषण सुरक्षाको लागि कौसी खेती प्रबर्द्धन कार्यक्रम संचालनलाई निरन्तरता दिइनेछ ।
- “जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊ”अभियानलाई आत्मसात् गर्दे लीज र जग्गा करार मार्फत खेती गर्ने कृषकलाई जग्गा भाडामा अनुदान तथा खेती गर्न सम्भावित ठाँउमा आवश्यक पूर्वाधार (सिंचाई, सडक आदि ) निर्माण गर्ने नीति अबलम्बन गरिनेछ।
- “विदेशिने यूवा घटाँउ स्वदेशमै रोजगारी बढाँउ” भन्ने नाराका साथ वैदेशिक रोजगारबाट फर्की कृषि व्यवसाय गरिरहेका वा गर्न चाहने यूवाहरुको लागि पुँजि तथा प्रबिधीमा अनुदान उपलब्ध गराईने छ
- “स्थानीय उत्पादनको उपभोग बजारीकरणमा सहयोग” भन्ने नारा अनुरुप स्थानीय उत्पादन बिक्री वितरण कार्यमा सहजता गर्नका लागि स्थानीय कृषि हाटबजारको स्थापना तथा संकलन केन्द्रको रुपमा कृषि सहकारीको माध्यमबाट बजारीकरणमा सहज गराउने नीति अबलम्बन गरिनेछ ।
- नगर कृषि विकास शाखाको समन्वयमा वडा तहमा कृषि कार्यक्रम संचालनका लागि एकद्वार प्रणाली अबलम्बन गरिनेछ र प्रमुख बालीका सम्भावित पकेट क्षेत्र तोकिएका वडालाई प्राथामिकतामा राखी एक वडा एक कृषि प्राबिधिक जनशक्ति को व्यवस्थापन गर्ने नीति अबलम्बन गरिनेछ।
- कृषि क्षेत्रमा हुने जोखीम न्यूनिकरण गर्नको लागि बालि बीमा गर्न कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्वन गरिने छ।
- वीरेन्द्ननगर नगरपालिकाका कृषकहरुलाई वीउ विजन मल र प्राविधिक सहयोग र उत्पादनमा आधारित अनुदानको कार्यक्रम सञ्चालन गरि नगरलाई तरकारी फलफूल डेरीजन्य उत्पादन र मासुमा आत्मनिर्भर तर्फ उन्मुख गराइनेछ ।
झ. पशुपन्छी विकास तर्फ
- पशुपन्छीपालन गरिरहेका र गर्न चाहने महिला, दलित, जनजाति र अन्य जातका बिपन्न कृषकहरुलाई थप व्यबसायिक बनाउन व्यबसाय प्रतिको लगाव बढाउन सेवा पहुँच कम भएको पशुपालन क्षेत्रहरुमा स्थलगत गाई/भैँसी/बाख्रा/कुखुरा/बंगुरपालन तालिम सञ्चालन गरी कृषकलाई व्यबसाय प्रति थप उत्प्रेरित हुने नीति लिइनेछ।
- उन्नत पशु उत्पादन गरी उत्पादन बढाउनको लागि नगरपालिकामा गाई/भैँसीमा कृतिम गर्भाधान कार्यक्रम शुरु भएको छ र थप प्रभावकारी बनाउन कृतिम गर्भाधानबाट पशु गर्भाधान भई व्याएको पशुलाई पोषणमा सुधार ल्याउन प्रमाणित प्रमाण सहित आएका कृषकहरुलाई सुत्केरी पोषण कोसेली प्रदान गर्ने नीति लिइनेछ।
- नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको संख्या न्यूनिकरण गरी रेबिज रोगको जोखिम कम गर्नुको साथै सम्भावित सडक दुर्घटनामा नियूनिकरण र शहरी सुन्दरता कायम राख्न घरेलु कुकुरहरुलाई रेबिज रोग बिरुद्धको खोप लगाउने र सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिनेछ ।
- पशुपन्छीसँग सम्बन्धित महामारीजन्य रोग, पशु/पशुपन्छीजन्य पदार्थ उपभोग/उत्पादन/बजारिकरण आदि सम्पूर्ण गतिविधिको बारेमा जनचेतनामूलक कार्यक्रम बिभिन्न सञ्चार माध्यमबाट सम्बन्धित सरोकारवालाहरुलाई सन्देश प्रवाह गर्ने नीति लिइनेछ।नगरको पशुपन्छी तथ्याङ्क संकलन गरी समय सापेक्ष सफ्टवेयरमा अद्यावधिक गरिनेछ ।
- पशुपन्छी स्वास्थ्यका लागि बिभिन्न किसिमका औषधी उपचार सेवा, पशु स्वास्थ्य शिविर र महामारीजन्य रोग नियन्त्रणका लागि पशुपन्छी खोप सेवा कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ।
- हाल वीरेन्द्रनगर ११ समझिघाट स्थित भेरी नदि किनारमा रहेको गौशालालाई व्यवस्थित र दिगो रुपमा सञ्चालन गर्ने गरी आत्मनिर्भरताको लागि थप व्यबस्थित गर्न प्राविधिक सहयोग र सुझाव दिंदै गौशाला सञ्चालन गरिनेछ ।
- व्यबसायिक कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषकहरुलाई मागको आधारमा कृषि यान्त्रिकीकरण तथा काउम्याट जस्ता आबश्यक सामग्रीहरुमा सहयोग गरिनेछ।
- पशुपन्छी बीमा कार्यक्रमलाई प्राथमिकतामा राखी कृषकहरुको लगानी सुरक्षित गर्ने नीति अबलम्वन गरिनेछ ।
- स्थानीय बाख्रा प्रवर्द्धनका लागि नगरको सम्भाव्य क्षेत्रलाई बाख्रा स्रोत केन्द्रको रुपमा स्थापना गर्न आबश्यक सहयोग गर्ने नीतिमा स्थानीय बाख्रा प्रवर्द्धनका लागि वडा नं १३,१४,१५,१६, सक्तेकाडा र अन्य वडाका सम्भाब्य क्षेत्रलाई तोकि कार्यक्रम कार्यान्वयन गरिनेछ ।
ञ. उद्योग तथा वाणिज्य प्रशासन तर्फ
- बजार क्षेत्रलाई शहरी सौन्दर्यता र स्वरोजगारीको अवसरको रुपमा विकास गर्न फूटपाथ क्षेत्रको मापदण्ड निर्धारण गरी व्यवस्थित गरिनेछ ।
- नगर क्षेत्रभित्र संचालनमा रहेका सबै व्यापार व्यवसायलाई व्यवसाय करको दायरामा ल्याईनेछ । वाणिज्य प्रशासन अन्तर्गतको कामलाई विद्युतीय प्रणालीमा आधारित बनाईनेछ।एकद्धार प्रणालीबाट कर संकलन कार्यलाई थप प्रभावकारी तथा व्यवस्थित गरिनेछ।
- “स्थानीय उत्पादनबाट हुन्छ पहिचान, यसैबाट हुन्छ राष्ट्रीय पुँजीमा योगदान” को नीति लिंदै स्थानीय कच्चा पदार्थ, उद्यमशिलता र सीपमा आधारित लघु घरेलु उद्योगको विकासलाई प्रोत्साहित गरिनेछ । सहकारी क्षेत्रलाई समेत उद्योगतर्फ आकर्षित गरिनेछ।नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गरिनेछ।
- बजार अनुगमन कार्यलाई तिव्रता दिई उपभोक्त्ता अधिकार तथा हित संरक्षण सम्बन्धी कार्यक्रम संचालनमा ल्याईनेछ।
- स्थानीय आवश्यकतामा आधारित: निर्माण, इलेक्ट्रिसियन, प्लम्बिङ, कृषि, पशुपालन, कम्प्युटर/आईटी, सिलाई-बुनाई आदि क्षेत्रमा सीप विकास तालिम कार्यक्रमहरु संचालन गरिनेछ।
- एक वडा एक उद्यमशिलता साथै उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरको समृद्धी भन्ने नीति अवलम्बन गरिनेछ।
- “साना उद्यम, ठूलो परिवर्तन ” र “उद्यम गरौं, आत्मनिर्भर बनौं” भन्ने नीति अन्तर्गत लघु, घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि उद्योग स्थापना, प्रविधि हस्तान्तरण, बजार पहुँच र उत्पादन प्रवर्धनका लागि एकिकृत योजना तथा कार्यक्रम बनाई लागू गरिनेछ।
- “डिजिटल रोजगारीमा युवाको रहर, यही बाटो हो बन्ने समृद्ध नगर” भन्ने नीति अन्तर्गत उद्यमशिलता र सूचना प्रविधिलाई एकसाथ जोडिने कार्यक्रमहरु संचालन गरिने छ।
- “युवा जागौं, उद्यम बढाऔं” नीति अन्तर्गत युवामैत्री उद्यमशिलता कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिनेछ।
- बुलबुले हाटबजारलाई स्थानीय कृषि उत्पादन तथा रैथाने कृषि बाली बिक्री केन्द्रको रुपमा विकास तथा विस्तार गरिनेछ।
- नगरका विभिन्न पर्यटकीय स्थलको लोकेशन म्यापिङ गर्ने एप निर्माण तथा सार्वजनिक यातायातका साधनहरुमा जिपिएस ट्याकिङ सिस्टम जडान गरी सार्वजनिक सेवामा सर्वसुलभ पहुँच कायम गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।
- नगरको पहिचान झल्कने गरी प्रमुख पर्यटकिय स्थलहरुमा आवश्यक संरचनाहरु निर्माण गरिनेछ । महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा रैथाने खाद्य परिकार बिक्री वितरणको व्यवस्था मिलाईनेछ।साथै नगरको प्रमुख पर्यटकीय स्थलको प्रचार प्रसारको लागि पर्यटन सूचना बोर्ड निर्माण, डिजिटल सूचना पार्टी तथा ब्रोसर छपाई गरी व्यवस्थित गरिनेछ।
- सुरक्षित आप्रवासन कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाईने छ। वैदेशिक रोजगारीवाट फर्किएका युवाहरुलाई स्वदेशमै स्वरोजगारका कार्यक्रमा आवद्ध हुन बिउ, पुँजी, सीप लगायतले प्रोत्साहित गरिने छ।स्थानिय रोजगार सूचना केन्द्र र श्रम मूलक स्थानिय श्रम पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिनेछ।
ट. सहकारी तर्फ
- उच्चस्तरीय आर्थिक सुधार सुझाव समिति, २०८१ ले सहकारी क्षेत्रको सुधारका लागि प्रदान गरेका सुझावहरुलाई क्रमश: कार्यान्वयन गर्दै सहकारी सुशासन कायम गरिनेछ।
- हाल संचालनमा नरहेका तथा निष्क्रिय संस्थाहरुलाई थप नियमनको दायरामा ल्याई उद्देश्य अनुरुप पुन: संचालन वा एकिकरणका लागि प्रोत्साहित गरिनेछ।
- सहकारी अनुगमन कार्यलाई थप व्यवस्थित गर्न गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) लाई अनिवार्य गर्दै नगरपालिकाबाट उपलब्ध गराईने सेवाप्रवाहमा उक्त्त प्रणालीमा सूचिकृत नभएकालाई अनिवार्य दायरामा समावेश गरी सेवा प्रदान गरिनेछ।
- सहकारी संस्थाहरुको क्षमता विकासका लागि उद्देश्य अनुरुप संचालन गर्न तालिम, गोष्ठी तथा निर्देशनका माध्यमबाट नियमन गरिनेछ।
- समस्याग्रस्त सहकारीको पहिचान गरी सदस्यको बचत जोखिम न्यूनिकरण गर्न आवश्यक संरचना तथा कार्यक्रमको विकास गरिनेछ ।
- तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्रलाई थप सशक्त तथा व्यवस्थित बन्न प्रेरित गरिनेछ । समुदायमा रोजगारी सिर्जना, गरिबी निवारण, परस्परागत सीप क्षमता प्रवर्द्धन तथा समुदाय प्रतिको उत्तरदायित्व पालना गर्न गराउन सहकार्य गरिनेछ।
- नगर क्षेत्रभित्र रहेका सबै सक्रिय र निष्क्रिय संस्थाहरुको विस्तृत आर्थिक विवरण तयार गरी नियमन प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाईनेछ।
ठ+_ पर्यटन, भाषा कला साहीत्य तथा संस्कृती तर्फ
- नगरका प्रमुख पर्यटकीय स्थलको पहिचहान तथा जानकारी वोर्ड मार्फत पर्यटकीय स्थलको महत्व तथा प्रचार प्रसार गरिनेछ।
- नगर भित्र रहेका आदीवासी जनजातीहरुको भाषा सस्कृति जातजातीका संग्रहालयहरुको संरक्षणमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरिनेछ।
- राष्ट्रिय खेलकूदका समयमा हुन सक्ने पर्यटन प्रचारलाई मध्यनजर गरेर नगर भित्र नगर पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ।
- छेडा देखि गढी भ्यू सम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै एकै प्रकृतिका ऐतिहांसिक पर्यटकीय क्षेत्र झल्कने गरी भवन संहीता जारि गरी लागू गरिनेछ।
- विभिन्न जातजाती र समुदायमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधि विकास तथा पुस्तान्तरण । नगर स्तरीय साहित्य सम्मेलनको आयोजना गरिनेछ वादी, मुस्लिम र राजि समुदायलाई सशक्तिकरण गर्न प्राथमिकता दिइने ।
ड. वन वातावरण तथा विपद ब्यवस्थापन तर्फ
- आफूले गरेको प्रदूषणको नैतिक तथा वित्तीय भार प्रदूषक स्वयम्ले व्यहोर्नु पर्छ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दे फोहर ब्यवस्थापनमा नागरिकको वित्तीय सहभागिता सुनिश्चत गर्ने र फोहरको संकलनमा नगरपालिकाको लगानी घटाउदै अन्तिम विसर्जनमा लगानी वढाइनेछ।
- फोहरलाई स्रोतका रुपमा उपयोग गर्न टोल विकास संस्था केन्द्रीत ज्ञान तथा सीप विकासका क्षमता विकास कार्यक्रम संचालन गरिनेछ।
- वडा कार्यालयको समन्वयमा कौसीमा रमाउने, फोहरवाट कमाउने अभियानका साथ भान्साको फोहर घरमै ब्यवस्थापन गर्न वजार क्षेत्रमा गृहिणी लक्षित कौसी खेती कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- उपत्यका भित्रका सवै वडाहरुमा फोहर सेग्रीगेशन र प्लाष्टिक नियन्त्रणका अभियान तथा जनचेतनात्मक कार्यक्रमलाई निरन्तरता दिंदै, अभियान संचालनमा विभिन्न गैर सरकारी संघ संस्था तथा क्लवहरु परिचालन गरिनेछ।
- प्लाष्टीकका कारण नगरको सहरी सौन्दर्य तथा हावा,माटो र पानीमा हुन सक्ने प्रदुषण नियन्त्रणका लागि प्लाष्टिक जलाउने कार्यलाइ निरुत्साहीत गर्दे विद्यालय तथा टोल तहमा पलाष्टिक कैद तथा पुनः प्रयोग अभियान संचालनलाई विद्यार्थीहरु विच प्रतिस्पर्धात्मक रुपमा निरन्तरता दिइनेछ।
- प्लाष्टिक र्यापर भएका गुट्का तथा सुर्तिजन्य पदार्थको विक्री वितरणलाई निरुत्साहीत गर्दै नेपाल सरकारले तोकेको भन्दा कम गुणस्तरको प्लाष्टिक झोलालाई कानून बनाई प्रतिवन्ध गर्ने नीति अबलम्बन गरिनेछ।
- नमुनाको रुपमा घण्टाघर र वसापार्कमा Plastic Bottle Collector Machine जडान गरिनेछ । विभिन्न स्थानमा वायु गुणस्तर मापन स्टेश (Air Quality Station) जडान गरिनेछ।
- फोहरमैला ब्यवस्थापन तथा वातावरण संरक्षणमा योगदानका आधारमा घर, टोल तथा वडाहरुलाई निश्चित सूचक तोकी सफा, स्वच्छ वातावरणमैत्री घोषणाका अभियानहरु गरिने छ।
- नगरपालिकाको ल्याण्डफील साइटमा फोहर जलाउने कार्यलाई निरुत्साहीत गर्न फोहरको उचित ब्यवस्थापन तथा फोहर सेग्रीकेशन गरी अजैविक फोहरवाट आय आर्जन गरिनेछ।
- स्वास्थ्य संस्थाजन्य फोहरलाई व्यवस्थित गर्नका लागि गैर सरकारी संघ संस्था र नीजि क्षेत्रसंग सहकार्य गरी अगाडि बढाइनेछ।
- नगरपालिकाको ल्याण्डफिल साइट गुरुयोजना बमोजिम निर्माणका लागि योजनावद्द रुपमा काम अगाडि वढाई थप व्यवस्थित गरिनेछ ।
- जैविक फोहर न्यूनिकरण तथा प्रशोधन गरी ग्यास तथा मल वनाउने नीजि क्षेत्रलाई प्रोत्साहन गरिनेछ।
- स्वच्छ वातावरण तथा हरियाली प्रवर्द्धनमा विशेष जोड दिईनेछ।नगरका विभिन्न वडा तथा टोलहरुलाई वातावरणमैत्री स्थानीय शासनका आधारभूत सूचक पुरा भएको घोषणा कार्यक्रम अभियानका रुपमा संचालन गरिनेछ।
- वातावरण मैत्री सूचक पुरा गर्ने घरधुरीलाई स्थानीय सेवा शुल्क तथा दस्तुरमा विशेष छुट दिइनेछ।
- नगरभित्रका सार्वजनिक खोलाहरु सरसफाई तथा खोलाको दुबै किनारमा हरियाली प्रबर्द्धन गर्ने कार्य वडा समितिको नेतृत्वमा अभियानकै रुपमा अगाडि वढाइनेछ।
- आयमूलक वन नागरिकको धन भने भन्ने नाराका साथ नागरिकलाई आय आर्जनमा सघाउ पुर्याउने गरी आयमूलक वन वनाउने कार्ययोजना स्वीकृत गरेका वन उपभोक्ता समूहहरु संग सहकार्य गरिनेछ।
- सामुदायिक वन उपभोक्ता समितिहरुलाई नगरका पहाडी रैथाने जंगली फल फूल काफल, चुत्रो, ऐसेलु ,गुरांसका वेर्ना उत्पादन गर्न प्रोत्साहन गरिनेछ।
- उत्तरी जलाधार क्षेत्रका सामुदायिक वनहरुमा जल पुनर्भरण पोखरि निर्माण गर्न सहकार्य गरिनेछ ।जलाधार क्षेत्रमा भएका खानेपानी मूलहरुको संरक्षण गरिने छ ।
- हरित सहर वनाउने रहर, सफा सुन्दर हाम्रो वीरेन्द्रनगर अभियानका साथ नगर भित्रका कालो पत्रे भै सकेका सडकहरुमा सौन्दर्य वा वहुउपयोगी फूल विरुवा रोपण तथा संरक्षण कार्यक्रम गर्न संघीय सरकार, प्रदेश सरकार, विकास साझेदार लगायत स्थानीय गैर सरकारी संघ संस्था तथा टोल विकास संस्थाहरु संग सहकार्य गरिनेछ
- आकासे पानी, भान्सा तथा वाथरुमको पानी घर परिसरमै ब्यवस्थापनका लागि घर धनिमा ज्ञान सीप र क्षमतामा विकासमा सहयोग तथा प्रोत्साहन गरिनेछ ।
- समजीघाटमा निर्माणाधिन शवदाह स्थललाइ पूर्णता दिंदै सो को संचालन तथा ब्यवस्थापनलाई ब्यवस्थित गरिने गरिनेछ ।
ढ. वातावरण तथा विपद् व्यवस्थापन
- प्रत्येक वडामा रहेको विपद् ब्यवस्थापन कोषलाइ समेत एकिकृत गरी नगरमा रहेको विपद् व्यवस्थापन कोषलाई वृद्धि गर्दै सोको परिचालन विपद् कोष परिचालन कार्यविधि बमोजिम गरी नगर भित्र हुने विपद्का लागि तत्काल राहतको प्रवन्ध गर्ने ब्यवस्था मिलाईनेछ।
- संभावित विपद्संग सामना गर्न आवश्यक औजार सहितको संयन्त्र निर्माण गर्नका साथै विभिन्न स्थानमा विपद्को पूर्वसूचना प्रणाली{ व्यवस्थापन गरिनेछ ।
- साझेदार निकाय लगायत सहयोगी संघ संस्थासंगको सहकार्यमा आपतकालीन कार्यसञ्चालनका लागि व्यवस्थापन र राहत सामग्री भण्डारण केन्द्र स्थापना गर्न प्रदेश सरकार लगायत सहयोगी निकायहरुसंग पहल गरिनेछ।
- भान्साको आगो नियन्त्रणलाई विशेष जोड दिंदै गृहणीहरु र टोल विकास संस्थाहरुका लागि नगरपालिकाको वारुणयन्त्र टोलि प्रत्येक वडामा परिचालन गरिनेछ।
- विपद्का लागि उत्थानशील नगर निर्माणका लागि आवश्यक नीति तथा योजना निर्माण र विद्यालय, टोल, वडा तथा नगर तहका विपद्संग सम्वन्धित संरचनाहरुको क्रियाशिलता वढाई यसमा संलग्न नगर प्रहरी सहित पदाधिकारी तथा स्वयंसेवकहरुको क्षमता विकासका काम गर्न साझेदार संस्थाहरुसँग सहकार्य गरिनेछ।
- सहरी सौन्दर्यतामा आंच नआउने गरी फूटपाथ डोके तथा डुलुवा ब्यवसायीहरुको ब्यवस्थापन गरिनेछ ।
- विद्युतीय चुल्हो, सौर्य ऊर्जा र वायो ग्यास विस्तारमा विशेष जोड दिइनुका साथै नगरका महत्वपूर्ण सडकका रुखहरुलाई छटान तथा सजावटका कार्य गर्दै सडक सौन्द्धर्य प्रर्वद्धन कार्य गरिनेछ।
- नगर भित्र लगाइएका विरुवाहरुको संरक्षण तथा गोडमेल गर्न आवश्यक जनशक्तीको परिचालन तथा संरक्षणको जिम्मेवारी हस्तान्तरण गर्न स्थानीय संघ संस्था तथा नीजि क्षेत्र संग सहकार्य गरिनेछ ।
- सडक बत्ती लगायत शहरी सौन्दर्य एवम् ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी, टोल विकास संस्था र नीजि क्षेत्रसंग सहकार्य गरिनेछ।
- नगर क्षेत्रका सर्वजनिक स्थलहरु जस्तै खुल्ला चौर, खोला सडक र नालाको अवरोध हटाउने जस्ता कार्यहरुलाई विशेष सरसफाई कार्यक्रम संचालन गरिनेछ ।
- विपद् सम्बन्धी घटना घटेमा विवरण प्राप्त भएको ७ दिन भिन्त्र राहत उपलब्ध गराउने र सेवा प्रदायक संस्थाबाट प्राप्त हुने कबुल अंकको ५०% रकम सम्वन्धित वडाले सरसफाईको क्षेत्रमा कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ।वडा तथा टोलहरूमा सडक नालाहरू सरसफाई गर्न टोल विकास संस्था तथा क्लबहरु लाई सक्रिय गराईने छ।
- लामो समयदेखिको समस्याको रुपमा रहेको सुकुम्वासी तथा अव्यवस्थित वसोवासलाई व्यवस्थित वनाउन भूमि आयोगको कार्यक्रम लाई अंझ तिव्र वनाउंदै जग्गाधनी पूर्जा वितरणको कार्यलाई तिव्र रुपमा अगाडि वढाइनेछ ।
अन्तमा, प्रस्तुत नीति तथा कार्य्रकमहरुको स्वीकृति र प्रभावकारी कार्यान्वयनका लागि विगतमा जस्तै सहयोगको अपेक्षा गर्दछु। यस सभालाई गरिमामय र व्यवस्थित वनाउनका लागि महत्वपुर्ण भूमिका खेल्ने वडाध्यक्ष ज्यूहरु, विषयगत समितिका संयोजक एवम् सदस्य ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु प्रति हार्दिक धन्यवाद दिन चाहान्छु।प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सवै प्रति कृतज्ञता व्यक्त गर्दै प्रशासनिक रुपमा सहयोग पुर्याउनु हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू, शाखा प्रमुख ज्यूहरु लगायतका अन्य सवै कर्मचारीहरलाई धन्यवाद दिन चाहान्छु।साथै नीति कार्यक्रम कार्यान्वयनमा सवै नगरवासीको सहयोगको अपेक्षा गर्दछु ।


नेपाल कर्म । १० असार २०८२, मंगलवार १६:२०