
जुम्ला । मुगुमा करेन्ट लागेर १० खच्चर मरेको छन् । छायाँनाथ रारा नगरपालिका– १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका हुन् ।
आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेका छन् ।
लुम्स गाउँका तीन किसानका १० खच्चर मरेको मुगु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए । कर्णबहादुर मल्लका ४ वटा, जक्ति बडुवालका ३ र पृथ्वीबहादुर ऐडीको तीन वटा खच्चर मरेका हुन् । यसअघि शनिबार मात्रै त्यही स्थानमा करेन्ट लागेर एक भैंसी मरेको थियो ।


छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले विद्युत् प्राधिकरणको लापरबाहीका कारण किसानले खच्चर गुमाउनुपरेको बताए । ‘बाटोमा ट्रान्समिटर राखिएको थियो,’ उनले भने, ‘करेन्ट लिक भयो । खच्चर मरे ।’

नेपाल कर्म । ९ असार २०८२, सोमबार १५:०९