आइतबारको बैठक पनि स्थगित

प्रतिपक्ष दलहरुका कारणले निरन्तर संसद अबरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०८२/०८३ बजेटमाथि छलफल गर्नका लागि बस्ने प्रदेशसभाका बैठकहरुमा प्रतिपक्ष दलहरुले निरन्तर अबरोध गर्ने गरेको छन् । प्रतिपक्ष दलहरुले बजेट पेश भएको दिनदेखि नै कहिले प्रदेशसभाको बैठकमा उपस्थित भएर बिरोध गर्दै कहिले अनुपस्थित भएर प्रदेशसभाको बैंठक स्थगित हुने गरेको छ । बिहिबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।



आज आइतबार बसेको प्रदेशसभा बैंठकमा प्रतिपक्ष दलका सांसदहरुले बजेट नसच्चिएका बैठक सहभागी हुने अडान राखेका थिए ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सरकारले आयोजना बैंकमार्फत सरकारका मन्त्री बिचौलियाको काम गरेको बताएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभाको बैठक बोल्दै आयोजना बैंक नाममा सरकारमा रहेका मन्त्रीले नै बिलौचियाको काम गरेर बजेट आएको बताए । ‘जिल्लाबाट आएका योजना आएका परेका छैनन्,’ उनले भने,‘आयोजना बैंकबाट आएर योजना आयोगमार्फत रोस्टर गरिएका योजना छैनन् ।’

योजना बैंकमा रोस्टर गरिएका योजनाहरु योजना आयोगमा सार्वजनिक हुनु पर्नेमा मन्त्रालयमा मन्त्रीमार्फत बिचौलियाको काम भएको सचेतक जिसीले बताए । ‘आयोजना बैंकमार्फत रोस्टर गरिएका योजनाहरु कुनै छैनन्,’ उनले भने,‘यो बजेट कसरी आयो ।’

एकीकृत समाजवादीका सांसद कल्याणी खड्का झ्यालबाट बजेट आएको बताइन् । ‘आयोजना बैंकका नाममा झ्यालबाट बजेट आएको छ,’ उनले भनिन्,‘यो बजेट खासमा कसले ल्याएको हो ? त्यो थाहा भएन् ।’

खड्काले कर्णाली प्रदेशमा समानुपातिक विकासको अबधारणका आधारमा बजेट नआएको बताइन् । ‘सबै ठाउँमा समान तरिकाले बजेटको व्यवस्था हुनुपथ्र्यो,’ उनले भनिन्,‘अहिलेको बजेट स्थानीय तह, जिल्लाबाट छनौट भएका योजनाहरु परेका छैनन् ।’

प्रतिपक्ष दलहरुले गरेको अबरोधका कारण सभामुख नन्दा गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् ।

तपाईको प्रतिक्रिया