रेशमलाल भन्छन् : हत्यारा भएको भए चार ट्रक मालाले मेरो स्वागत हुने थिएन्

सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफु हत्यारा नभएको बताएका छन्। यदी आफु हत्यारा भएको भए नागरिकहरूले चार ट्रक मालाले स्वागत नगर्ने बताएका हुन्।



पार्टीको कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका रेशमलालले सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कर्णाली आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको समेत बताए। उनले भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला। हिसाब गर्ने हो भने अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन्।’

उनले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको, धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको भन्दै अब नागरिक उन्मुक्ति पार्टीले खबरदारी गर्ने दाबी गरे।

तपाईको प्रतिक्रिया