सुर्खेत । मनसुनी वायुका कारण सुर्खेतको मौसम प्रतिकुलहुँदा जहाज उडान र अवतरणमा समस्या भएको छ । विहानैदेखि मध्यम वर्षा भएको सुर्खेतमा श्री एयरको जहाज अवतरण गरेपनि वुद्धको जहाज नेपालगञ्ज डाभइर्ट गरिएको हो ।
आइतबार विहान काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको श्री एयरको फ्लाइट नम्बर १२१ ले ८ः२१ मा सुर्खेत विमानस्थलमा अवतरण गरेको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए । उनकाअनुसार श्री एयरको उक्त जहाज ८ः५२ मा सुर्खेतबाट काठमाडौंका लागि उडेको थियो ।
तर बुद्ध एयरको यु फोर १३३ नम्बरको जहाज काठमाडौंबाट सुर्खेतका लागि ८ः२२ मा उडेको थियो । जहाज सुर्खेत पुग्ने क्रममा काँक्रेविहार क्षेत्रको मौसम प्रतिकुलहुँदा नेपालगञ्ज डाइभर्ट भएको प्रमुख काफ्लेले बताए ।


९ बजेर ७ मिनेटमा सुर्खेत पुग्नै लागेको जहाज अवतरण गर्न नसक्दा नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको उनको भनाइ छ । पुनः सुर्खेत विमानस्थलमा अवतरणका लागि नेपागञ्जमा प्रतिक्षामा गरेको जहाजले मौसममा सुधार नभएपछि नेपालगञ्जमै यात्रु झारेर विमान काठमाडौं फर्किएको छ ।

नेपाल कर्म । ८ असार २०८२, आईतवार ११:३७