सुर्खेत । वीरेन्द्रनगरदेखि करिव ३५ किलाेमिटरकाे दुरीमा छ लेख हात्तीखाल गाउँ । भेरीगंगा नगरपालिका-५ मा पर्ने याे गाउँलाई कृषि विकास निर्देशनालयले अर्गानिक माेडल गाउँकाे रुपमा विकास गरिरेहेकाे छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमाना जाेडिएकाे लेख हात्तीखाल चुरे श्रृङखलामा पर्दछ ।
ट्रेकिङ्गका लागि उपयुक्त मानिएकाे याे गाउँकाे टुप्पाेमा गिद्धे लेख छ । जहाँबाट बबइ उपत्यका, नेपालगञ्ज र राप्ती नदीसम्म देख्न सकिन्छ । लेखकाे टुप्पाेमा सिद्धबाबा मन्दीर निर्माण गरिएकाे छ । मन्दिरसम्म पुग्न सिँढीहरु निर्माण गरिएकाे छ ।








नेपाल कर्म । २४ बैशाख २०८०, आईतवार ११:११