
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा पार्टीका सभापति रवि लामिछाने बिरुद्ध भएको राजनीतिक हस्तक्षेप बिरुद्ध जनताको हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकमा हस्ताक्षर संकलन कार्यक्रममा राखिएको हो ।

कार्यक्रममा सहकारी ठगी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै ‘जनताको हस्ताक्षर संकलन अभियान’ सञ्चालन गरिएको यो देशभरका सबै जिल्लामा हुने राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेतका अध्यक्ष रमेशकुमार सापकोटाले बताए ।


‘देशमा सुशासन नभएको बेला हाम्रो पार्टीका सभापति लामिाछानेमाथि सरकारले प्रतिशोध साटेको हस्ताक्षर कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भने,‘सरकारले सभापति प्रतिशोध पूर्ण व्यवहार बिरुद्धको आन्दोदनमा जनता साथ छ भन्नका लागि हस्ताक्षर अभियान चलाएको हौं ।’
त्यस्तै, अध्यक्ष सापकोटाले भिजिट भिसा प्रकरणमा मुछिएका रमेश लेखक राजीनामा माग्दै सडकदेखि सदनसम्मको आन्दोलन पनि शुरु भएको बताए । ‘पार्टीको स्थापना दिवसका अवसरमा सडकदेखि सदनसम्मको आन्दोलन शुरु भएको छ,’ उनले भने,‘देशमा सुशासन ल्याउनका लागि हाम्रो पार्टीले अथक प्रयास गरिरहेको छ ।
नेपाल कर्म । ७ असार २०८२, शनिबार १२:२३