लागुऔषध मुद्दामा १९ वर्ष, कर्तब्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादी पक्राउ



सुर्खेत । लागुऔषध मुद्दामा १९ वर्ष, कर्तब्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लागुऔषध अफिम मुद्दामा १९ वर्षदेखि फरार रहेका लेकबेँसी नगरपालिका–६ का तेजबहादुर गाहामगर र कर्तब्य ज्यान मुद्दामा फरार रहेका चौकुने गाउँपालिका–७ का दलबहादुर सुजी (बिक)लाई प्रहरीले पक्राउ गरेको हो ।

गाहामगरले ३० चैत्र २०६३ लागुऔषध (अफिम) उत्पादन गरेको मुद्दा फरार भएको र खोजतलास गर्ने क्रममा ४ असार २०८२ जिल्ला प्रहरी कार्यालयको टोली र ईप्रका लेकबेशीबाट खटिईएको लेकबेँसी नगरपालिका–६ स्याउली बजार स्थितमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । उनका अनुसार अदालतबाट पक्राउ पुर्जी दिई अनुसन्धान भईरहेको छ ।

त्यस्तै, चौकुने गाउँपालिका–७ का घर भई हाल बर्दियाको बारबर्दिया नगरपालिका–३ बस्ने ४२ की जलु विकलाई कर्तव्य गरी हत्या गरेको घटनाबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सुजी (बिक) लाई अनुसन्धान तथा खोजतलास गर्दै जाँदा ४ असार २०८२ मा आफ्नै घर वतनमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता तथा सूचना अधिकारी बुढथापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया