३५ जिल्लाका नदीमा बाढीको जोखिम

काठमाडौँ । वर्षा हुने क्रम बढेसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरोको प्रकोप पनि सुरु भइसकेको छ। सकेसम्म त्यसबाट बच्न सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले वर्षा तथा बाढीबारे पूर्वजानकारी दिने गरेको छ।



काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, ‘सोमबारसम्म मौसम खुल्ने सम्भावना छैन’

यसै क्रममा विभागको बाढी पूर्वानुमान महाशाखाले आज कहाँ-कहाँ बाढीको जोखिम छ भन्ने विषयमा जानकारी दिएको छ। महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज काठमाडौंसहित देशका ३५ भन्दा बढी जिल्ला भई बहने खोला, नदीमा बाढी आउने सम्भावना देखिएको छ।

बुलेटिनअनुसार आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बहावको जोखिम रहने सम्भावना छ।

यसैगरी संखुवासभा, गोखलढुंगा दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने अनुमान रहेको महाशाखाले जनाएको छ।

आज बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको जानकारी पनि बाढी महाशाखाले दिएको छ।

हेर्नुहोस् बुलेटिन-

तपाईको प्रतिक्रिया