
सुर्खेत । पछिल्लो चरणमा कर्णाली र सुदुरपश्चिमका नेपालीहरुको रोजगारीको आकर्षणको गतब्यका रुपमा भारतको कर्नाटक राज्यको बैगलोर हुने गरेको छ । पहिला पहिला नेपाली दिल्ली र मुम्बई जाने गरेकामा अहिले भारत बैगलोर रोजगारीको गतब्य बन्ने गरेको छ । भारतको बैगलोरमा परिवारसहित जाँदा घरेलु कामदार रुपमा काम पाइने भएका कारणले धेरै जसोले नेपाली त्यहाँ पुग्ने गरेका हुन् ।

बैगलोरमा कर्णाली र सुदुरपश्चिममा धेरै नेपाली परिवारसहित लामो समयदेखि रोजगारी गर्ने गरेका छन् । भारतको मुम्बई र दिल्लीमा विगतमा धेरै नेपाली रोजगारीमा हुने नेपालीले सुरक्षित स्थान बैगलोरलाई रोज्ने गरेका थिए । तर, सोझा सिधा नेपालीले भारतको बैगलोरमा कामको खोजीमा जान थालेपछि चोरी र गलत मनासाय भएका व्यक्तिहरुका कारणले त्यहाँपनि नेपालीहरुले दुख पाउन थालेको विगतको १२ वर्षदेखि बैगलोरमा रोजगारी गर्दै आएका अछामका रामबहादुर बिकले बताए । ‘विगतमा बदमासहरुले दिल्ली र मुम्बई यस्तै चोरी बदमासी काम गर्दा साधारण नेपालीले दुःख पाउने गरेका थिए,’ उनले भने,‘अहिले यहाँ रहेका नेपालीले बदमासी बेला–बेला गर्ने भएकाले दुःख पाउन थालेका छन् ।’
त्यस्तै, भारतको बैंगलोरमा भएको चोरी काण्डमा कारणले ३५ भन्दा बढी नेपालीलाई हिरासतमा लिएको छ । भारतको कर्नाटक राज्यको बैगलोरमा रहेको एचएएलमा लाल बहादुर शास्त्री नगरमा ५५ वर्षीय व्यवसायी र राजनीतिक दलका पदाधिकारी समेत रहेका एस रमेश बाबूको घरमा चोरी भएको हो ।

रमेश बाबूकको घरमा घरेलु कामदारका रुपमा राखिएका नेपाली राज र दीपाले चोरी गरेका हुन् । राज र दीपा तीन महिना पहिलो उनको घरमा कामदारको रुपमा राखिएको उनीहरुले रमेश बाबुको विश्वास जितेका थिए । रमेश बाबू र उनको परिवार २७ मेमा तिरुपति गएका थिए । त्यही समयमा चोरी भएको हो । राज र दीपाले उनीहरुका साथीहरुसँग मिलेर चोरी गरेका हुन
।

२८ मेको बिहान रमेशले आफ्नो फोनमा घरको सीसीटीवी जाँच गर्दा खेरी बन्द रहेको थियो । त्यसपछि उनले छिमेकीलाई आफ्नो घरको जाँच गर्न भनेका थिए । त्यसपछि चोरी भएको थाहा भएको हो ।
यस बिषयमा भारतीय प्रहरीले दीपा र राजलगाएतका अन्य तीन जना साथीहरुको खोजी शुरु गरेको छ । प्रहरीले बिषेश टोली बनाएर खोजी गरिरहेको छ ।
प्रहरीले त्यहाँ रोजगारीमा रहेका ३५ भन्दा बढी नेपालीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको नेपालीहरुले बताउने गरेका छन् ।
नेपाल कर्म । ४ असार २०८२, बुधबार १४:३९