कर्णालीमा लगानी सम्भावना, अवसर र चुनौती सम्बन्धी स्थितिपत्र बुझाइयाे

सुर्खेत । कर्णाली प्रदेशमा लगानीको सम्भावना, अवसर र चुनौतीसम्बन्धी दुईवटा स्थितिपत्र निजी क्षेत्रले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले मुख्यमन्त्री यामलाल कंडेललाई यी स्थितिपत्रहरू औपचारिक रूपमा बुझाएका हुन ।



 

दिइएका स्थितिपत्रहरूमा ‘कर्णाली प्रदेशमा लगानी सम्भावना, अवसर र चुनौती सम्बन्धी स्थितिपत्र २००१’ र ‘महिला उद्यमशीलता तथा आर्थिक सशक्तिकरणसम्बन्धी स्थितिपत्र २०८१’ रहेका छन्। युरोपियन यूनियन अन्नको सहयोगमा संयुक्त राष्ट्रसंघीय चारवटा एजेन्सीद्वारा सञ्चालित रासन्तु महिला समृद्ध नेपाल कार्यक्रमु अन्तर्गत यी स्थितिपत्रहरू तयार पारिएका हुन् ।

अध्यक्ष शाहीले कर्णाली प्रदेशमा पर्यटन, कृषि, जडीबुटी, वन उत्पादन, जलविद्युत् तथा खनिजमा अपार सम्भावना रहे पनि त्यसअनुसार विकास हुन नसकेको धारणा राखे। उनले प्रदेश सरकारले केही प्रयासहरू गरे तापनि त्यो प्रयाप्त नभएको उल्लेख गरे ।

मुख्यमन्त्री कंडेलले निजी क्षेत्रलाई परियोजनासहित प्रस्ताव ल्याउन आग्रह गर्दै प्रदेश सरकारले यथासम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरी पौडेलले अनौपचारिक श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउने र सम्पूर्ण व्यापार प्रणालीलाई व्यवस्थितरूपमा सञ्चालनमा ल्याउँदा अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने बताए ।

यसअघि वीरेन्द्रनगर नगरपालिकालाई पनि स्थितिपत्र हस्तान्तरण भइसकेको थियो। कार्यक्रममा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अन्तर्गतको आर्य समिति र विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

इडब्लुपीएल कार्यक्रमको दोस्रो चरणमा गरिने कार्यहरू र तिनको प्रभावकारी कार्यान्वयनसम्बन्धी विषयमा छलफलसहित ‘किक अफ मिटिङ’ समेत सकिएकाे छ ।

तपाईको प्रतिक्रिया