सुर्खेत । कोहलपुर–सुर्खेत सडकको बबईमा ट्रकले ठक्कदिँदा मोटरसाईकल चालक गम्भीर घाइते छन् । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे १३ प४४८२ नम्बरको मोटरसाईकललाई ठक्करदिँदा चालक गम्भीर घाइते भएका हुन् ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ३८९९ नम्बरको ट्रकले बबई बजारदेखि पाँच सय मिटर दक्षिण मन्दीर नजिकैको मोडमा ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते व्यक्तिको साथबाट प्रहरीले नागरिकता र सवारी चालक अनुमतिपत्र फेला पारेको छ ।

दुवैमा नाम कमल खड्का र ठेगाना दुल्लु नगरपालिका–१ दैलेख छ । तर नागरिकताअनुसारको उमेर र दुर्घटनामा घाइते व्यक्तिको उमेर फरक जस्ताे देखिएकाले पहिचान गर्न समस्या भएकाे प्रहरीको भनाई छ । दुर्घटनामा घाइते मोटरसाईकल चालकलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । ट्रकलाई भने प्रहरी चौकी चेपाङ बबईले नियन्त्रणमा लिएको छ ।



नेपाल कर्म । २९ जेष्ठ २०८२, बिहीबार १५:४२