
सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको सरकारी गाडीमा तोडफोड भएको छ । बुधवार गाउँपालिका–४ मा राखिएको अवस्थामा अज्ञात समूहबाट गाडी तोडफोड भएको हो ।
गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी तोडफोड भएको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए । ‘अध्यक्ष रोकाया, उपाध्यक्ष गोरीकला बुढा, वडाध्यक्ष र कार्यपालिका सदस्य चढेर वडा नं ४ मा बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सहभागी भएका थिए,’ उनले भने,‘कार्यक्रम सकेर फर्किदा क्रममा गाडीको पछाडी भागको सिसा तोडफोड भएको रहेछ ।’
गाउँपालिकाले स्कार्पियो गाडी भर्खर खरिद गरेर एक दिन अगाडि मात्र गाउँपालिकामा पु¥याएको र वडापालिकाको हातामा नै गाडी तोडफोड भएको सूचना अधिकारी हमालले बताए । ‘गाडी तोडफोड गरेको खोजी कार्य जारी भएको र प्रहरीलाई खबर गरिएको छ,’ उनले भने,‘किन तोडफोड गरियो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।’


जिल्ला प्रहरी कार्यालय जुम्लाको सरकारी सवारी साधन तोडफोड गर्नेको खोजी कार्य जारी रहेको जनाएको छ ।
केही दिनअघि मात्रै विकास निर्माण योजनाको अनुगमनका क्रममा तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीमाथि सोही वडामा चक्कु प्रहार भएको थियो । सोही बेला तिला–४ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि उनीहरुले ढुंगा प्रहार भएको थियो ।

नेपाल कर्म । २९ जेष्ठ २०८२, बिहीबार १२:१३