
सुर्खेत । रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा जारी सांस्कृतिक महोत्सवमा गीत गाउन मंगलबार आएकी रचना रिमाल बिरामी परेकी छन् ।

गीत गाउन आएकी उनी अचानक बिरामी परेपछि तत्काल उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो ।
त्यहाँबाट उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालगञ्ज लगिएको थियो ।


चिकित्सकका अनुसार उनलाई एपेण्डिसाइड भएको छ । उनलाई चौरजहारी अस्पतालबाट नेपालगञ्ज लगिएकोमा त्यहाँबाट काठमाडौं लगिने छ ।
नेपाल कर्म । २७ जेष्ठ २०८२, मंगलवार १५:५६