
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक अबरुद्ध भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलले अबरुद्ध गरेको हो ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रले बजेट निर्माणमा योजना छनोट प्रक्रियाको विरोध गर्दै संसद अवरुद्ध गरेको छ ।
योजनाहरु योजना बैंकमा इन्ट्री गर्ने विधि बिषय र आधार के हो भनेर माओवादी सांसद विन्दमान विष्टले उठाए । ‘जिल्लाबाट योजना बैंक कसरी आए । ती योजना अहिले किन हालिएन । अहिले तिथि बसाल्ने सरकारले कसरी बेथिति बस्यो ?,’ उनले भने,‘तिथि बसाल्ने सरकारको कदममा प्रतिपक्ष साथ छ । तर, जिल्लाका जेष्ठ सांसदले सिफारिस गरियो । त्यसैले यो प्रदेशसभाको बैठकमा अगाडी बढ्न सक्दैन् ।’


उनले चित्त चित्तबुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए ।
प्रतिपक्ष संसदमा अबरोध गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छिन् ।

नेपाल कर्म । २६ जेष्ठ २०८२, सोमबार १६:५२