
सुर्खेत। जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने कसुर फरार रहेको दुई जना आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–१ बस्ने जाजरकोट कुसे गाउँपालिका–७ घर भएका २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ ।


नेपाल कर्म । २६ जेष्ठ २०८२, सोमबार १५:१२