
सुर्खेत । अबरुद्ध कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड एकतर्फी खुलेको छ । शुक्रबार बेलुकीदेखि पहिरोले अवरुद्ध रहेको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक आइतबार बिहानदेखि एकतर्फी रुपमा खुलेको हो ।
कालीकोट तिलागुफा नगरपालिकाको गाल्जेनजिकै पहिरो गएर अबरुद्ध भएको थियो ।
अवरुद्ध भएको सडक गाडीका चालक र सहचालक मिलेर शनिबार दिनभरि लगाएको पर्खाल बेलुकी पुनः भत्किएपछि शनिबार रातभरि जेसिबीले काम गरेर आइतबार बिहान सडक सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख (डिएसपी) टेकबहादुर रावतले जानकारी दिए ।


‘जुविथा जिउलोको पानीले गाल्जे नजिकै भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो,’ उनले भन्नुभयो,‘साँघुरो सडकमा पर्खाल खसेकोले सयौं मालवहाक गाडी रोकिएका थिए ।’
पहिरोका कारणले ठूला गाडी जान सक्ने अवस्था नभएको बेला डिभिजन कार्यालय जुम्लाको टोली मेसिनसहित पहिरो गएको ठाउँमा पुगेर सडक सुरु गरेको प्रहरी प्रमुख रावतले बताए ।

नेपाल कर्म । २५ जेष्ठ २०८२, आईतवार १३:५३